Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

महायज्ञ सफल बनाउन प्रचार प्रसार तिब्र

वीरगंज २४माघ ।
वीरगंज स्थित आदर्शनगर रगंशालामा हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई सफल र्पान महानगरको वार्डा तथा टोल टोलमा प्रचार प्रसार कार्यलाई तिव्र बनाईएको छ ।
अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगंजले महानगरको छपैयाक, रानीघाट र व्रहमचोकमा दिप ज्ञप, प्रभात फेरी र गोष्ठीको आयोजना गरिएको छ ।
शक्ति पीठका वरिष्ठ कार्यकर्ता धमेन्द्र गुप्ताको नेतृत्वमा रहेको गायत्री परिवारको टोलीले वीरगंज २ छपकैयामा प्रभातफेरी निकालेको छ । अश्वमेध गायत्री महायज्ञको उदेश्य बारे स्थानियलाई जानकारी गराउदै महायज्ञमा सहभागिता जनाउन निमन्त्रण परिवार जनले बाडेको छ । प्रभातफेरीमा वडा अध्यक्ष्ँ शेख अब्बास लगायत स्थानियको पनि उल्लेखनिय सहभागिता रहेको थियो । यसैविच देव संस्कृति विश्व विद्यालयबाट आएका टोली ब्रहमवादणी भिस्वा स्थित ब्रहमस्थानमा दिप यज्ञ गरी महायज्ञको बारेमा प्रचार प्रसार गरेका छन् ।
टोलीले रानीघाट स्थित रहेको जानकी मन्दिरमा दिप यज्ञको आयोजना गरिएको थियो । दिप यज्ञमा १०१ दिप प्रज्वलीत गरिएको थियो । दिप यज्ञ मार्फत अश्वमेध गायत्री महायज्ञको विशेषता बारे जानकारी गराईएको ब्रंहमवादणी दिदी संध्याले जानकारी दिनु भयो । फाल्गुन १९ गते देखि ४ दिने हुने नेपालमा पहिलो पटक महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एव बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उदेश्य रहेको र सफल बनाउन सवैलाई आग्रह समेत गरेका थिए । नेपाल भूमिको ईतिहासमा अश्वमेध महायज्ञ प्रथम आयोजना रहेको गुप्ताले भने, कुनै न कुनै रुपमा समावेश हुन पाउनु एक दुलर्भ अवसर मानिने भएकोले यसमा भाग लिनुपर्छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...