Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नेवि संघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, विद्यार्थी नेता पटेल घाइते

spot_img
spot_img

वीरगंज, १८ माघ ।
नेवि संघ, पर्साले शुक्रबार वीरगंजमा गरेको प्रदर्शनको क्रममा २ जना घाइते भएका छन । प्रधानमन्धी के.पी. ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी विच भएको झडपमा परी विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन ।

ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको नेवि संघका केन्द्रिय सदस्य बद्रीनाथ तिवारीले वताए । सोही क्रममा अक्रा विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए ।

चोरसियाको खुट्टामा चोट लागेको छ भने घाइते दुबै जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । नेवि संघ पर्साका अध्यक्ष विश्वा द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल लगायतकाको सहभागिता रहेको थियो । नेवि संघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...