वीरगन्ज : पर्सामा खानेपानी टयांकी निमार्ण कार्यमा करोडौ रकम बालुवामा पानी हाले जस्तै भए पनि निमार्ण धामाधम हुदै छ । पर्साको पोखरीया नगरपालिका, बिन्दवासनी गाउपालिका, बहुदरमाई नगरपालिका, जिराभवानी गाउपालिका, छिपहरमाई गाउपालिका, सुगौलीपटेर्वा गाउपालिका, कालिकामाई गाउपालिका लगायतका गाउपालिका तथा नगरपालिकाहरुको बिभिन्न वडाहरुमा निमार्ण भएको खानेपानी टयांकी एक दशक भन्दा बढी समय सके पनि आज सम्म संचालन भएको छैन ।

खानेपानी टयांकी निमार्ण भई संचालन नहुदा उपभोग्ताहरु शुद्ध खानेपानीबाट बंचित भएका छन । यता निमार्ण भएका खानेपानी टयांकी संचालन नभए पनि एक पछि अर्को टयांकी निमार्ण गरी सरकारले बजेट बालुवामा पानी खन्याए जस्तै गर्ने गरेको कालिकामाई गाउपालिका वडानम्बर ४ प्रशुरामपुरका वडासदस्य छोटेलाल चौरसियाले बताउनु भएको छ ।
त्यसै गरी ठोरी गाउपालिकाको सुवर्णपुरमा खानेपानी टयांकीको निमार्ण कार्य सम्पन भएको छ भने सरस्वती नगरमा निमार्ण कार्य अहिले हुदै छ । निमार्ण कार्य सक्रियता भए पनि संचालनमा ल्याउन जनप्रतिनिधी र सम्बन्धीत निकायले गर्न सक्दा करौडोको लगानी गरिएको बालुवामा पानी हाले जस्तै पर्सामा भएको छ ।
निमार्ण भएर पनि संचालनमा नआएको खानेपानी टयांकी बिन्दासनी, बहुअर्वाभाटठा, झौवागुठी, पोखरीया, प्रशुरामपुर, भिस्वा, सेढवा, लगायतका ठाउमा रहेको छ । केन्द्रीय निती र योजना असफल एक दशक अगाडी देखी हुदै आउदा पनि एक बर्ष अगाडी स्थानीय सरकार गठन भई संचालनमा हुदा पनि स्थानिय स्तरमा कुन योजना सफल हुन सक्छ भने जनप्रतिनीधीहरुले आट गर्न नसकेको स्थानियवासीहरुको गुनासो छ ।