Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

शाहिद दिवसको उपलक्ष्यमा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज : शाहिद दिवसको उपलक्ष्यमा बिरगंज, १४ बहुवरी पिपरामा बुधबार निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आन्तर्गत स्टार युथ क्लब बहुवारी पिपरा र माट्रिका आई फाउन्डेसनको संयुक्त आयोजनामा आँखा परीक्षण शिविर सम्पन भएको हो ।

शिविरमा २१३ जनाको आँखा जाँच गरिएकोमा ४२ जनामा मोतियाविन्दु फेला परेको माट्रिका आई फाउन्डेशनका मेडिकल कोअर्डीनेटर महेश सिंह धामीले जानकारी गराए । मोतियाविन्दु फेला परेका विरामीहरुको फाउन्डेशनले निशुल्क शल्यक्रिया समेत गर्ने उनले वताए ।

शिविरमा आएका सामान्य आँखाका विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको पहलका दिलिप राजकार्कीले जानकारी गराए ।

क्लबका अध्यक्ष समसाद अलीको अध्यक्षतामा र वड़ा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको प्रमुख आतिथ्य भएको कार्यक्रममा सामाजिक अभियन्ता समाज सेवी अबुलेश अंसारी लगायतको उपस्थिति रहेको थिय। कार्यक्रमका प्रमुख अतिथी प्र.नि. चक्रमल्लको आँखा चेक जांच गरी शिविर सुरु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...