Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

नेवि संघद्वारा वीरगंजमा मशाल जुलुश प्रदर्शन

वीरगंज, १६ माघ ।
नेपाल विद्यार्थी संघ, पर्साले बुधबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ । नेवि संघका नेताहरु दुई समुहमा विभाजन भई वीरगंजको विभिन्न ठाउँबाट मशाल जुलुश निकालेका थिए ।

- Advertisement -

वीरगंज घण्टाघर स्थित रहेको आँखा अस्पतालको गल्लिबाट नेवि संघ, पर्सा क्षेत्र नं. ४ का सभापति विकास तिवारीको नेतृत्वमा मशाल जुलुश निस्केको थियो ।

जुन जुलुश माईस्थान चौकमा पुगि पुन: घण्टाघरमा पुगि सप्पन्न भएको थियो । जसमा नेवि संघ पर्साका नेता जीवन सापकोटा, केशव घिमिरे, सरोज चौरसिया, चन्दन सहनी अभय कर्ण, अनिल पटेल लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै अर्को समुहले नेवि संघ, पर्साका नेता बिश्वास द्विवेदिको नेतृत्वमा मशाल जुलुश निकालेको थियो । जुन जुलुशमा नेवि संघका केन्द्रिय सदस्य सुधीर पटेल, बद्रीनाथ तिवारी, नेता रोशन सिंह लगायतकाको सहभागिता रहेको थियो ।

वीरगंजको घण्टाघर, पानमण्डी गलि र महाविर स्थान गलिबाट जुलुश निस्केको थियो भने माईस्थानमा पुगि सम्पन्न भएको थियो । प्रहरी हस्तक्षेपको डरले अनेकन ठाउँबाट मशाल जुलुश निकालिएको थियो ।

नेकपा नेतृत्वको वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारमा संलग्नहरूको संरक्षक बनेको भन्दै केन्द्रले घोषणा गरेको बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि मशाल जलुश निकालिएको छ ।

विरोध प्रदर्शन कै क्रममा नेवि संघका सह महामन्त्री प्रेमराज जोशी र कुटपिटबाट नेवि संघका नेता विजय महतो घाइते भएको विरोधमा पनि नेवि संघ देश भरी नै आन्दोलित भएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...