Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत पर्साका ४ वटा विद्यालयहरुको अनुगमन

spot_img
spot_img

वीरगंज, १४ माघ ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत सोमबार पर्साका ४ वटा विद्यालयहरुको अनुगमन गरिएको छ । जिल्ला स्तरिय अनुगमन टोलीले श्री रामस्वरुप रामपृत चौरसिया मा.वि. झौवागुठी, श्री ने.रा. अधारभुत विद्यालय धोरे, श्री रामचरित्र भगत मा.वि. पकहा मैनपुुर, श्री संसारीमाई अधारभुत विद्यालय सुर्जाहाको अनुगमन गरेको हो ।

प्रारम्भीक कक्षा पढाई कार्यक्रम, पर्साका जिम्मेवार व्यक्ति हरि राउत कुर्मी नेतृत्वको जिल्ला स्तरिय अनुगमन टोली विद्यालयहरुमा पुगी स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले नेपाली पढन विद्यार्थीहरु कमजोर भएको विद्यालयहरुलाई सुधार गर्न र विद्यालय व्यवस्थापन समिति नरहेका विद्यालयहरु गठन गर्न निर्देशन समेत दिएको छ ।

अनुगमन टोलीमा गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका लगायतकाको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...