Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

रक्सौल रेल्वे क्रसिङमाथि आकाशे पुल (ओभर ब्रिज) निर्माण हुने

spot_img
spot_img

वीरगंज, १३ माघ । नेपालको प्रमुख नाका वीरगंज-रक्सौलमा घण्टौ लाग्ने ट्राफिक जाम समस्याको समाधान छिटै हुनेभएको छ । भारत सरकारले रक्सौल स्थित रेल्वे क्रसिङमाथि आकाशेपुल (ओभर ब्रिज) निर्माण गर्ने लागे पछि ट्राफिक जाम समस्याको समाधान हुने भएको छ ।

नेपाल-भारत सहयोग मञ्च तथा वीरगंज उद्योग वाणिज्य संघको अथक प्रयास पछि ओभर ब्रिज निर्माण हुनेभएको छ । मञ्चका केन्द्रिय अध्यक्ष अशोक बैद्य, नेपाल उद्योग वाणिज्य संघ वीरगंजका निवर्तमान अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, भारतीय सांसद डा. सञ्जय जैश्वाललगयातको टोलिले केहि महिना अगाडि भारत सरकारका सडक, पारवाहन तथा विकास मन्त्रि नितिन जयराम गडकरी संग भारतको राजधानी दिल्लीमा भेटघाट गरि ओभर ब्रिज निर्माण गर्न लगयात विषयहरुमा छलफल गरेका थिए ।

वीरगंजका व्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै भारत सरकारले ओभर ब्रिज निर्माण गर्ने लागको हो । मञ्च अध्यक्ष बैद्य अनुसार आगामी माघ १६ गते मन्त्रि गडकरीले उक्त ओभर ब्रिजको सिलान्याश गर्ने कार्यक्रम रहेको छ । ब्रिज निर्माण पश्चात रक्सौलमा घण्टौ लाग्ने जामको समस्याबाट स्थानिय तथा व्यापारीहरुले छुट्कारा पाउने छन् । ब्रिज निर्माणका लागि टेण्डर समेत आहवान गरिसकिएको बैधले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...