Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

प्रजिअ भट्टराईलाई थप उपचारका लागि काठमाडौँ लगियो, अवस्था चिन्ताजनक

spot_img
spot_img

वीरगंज, १३ माघ । गएराती सवारी दुर्घटनामा परि गम्भीर रुपले घाइते भएका बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईलाई आज थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

गएराती ११ बजेसम्म नाइटभिजनबाट काठमाडौंँ ल्याउने प्रयास असफल भएपछि आज काठमाडौँ लागिएको उनको परिवारले जनाएको छ । बिहानै ल्याउन खोजेपनि मौसम खराबीका कारण सकिएको थिएन ।

शनिबार साँझ सिडिओ भट्टराई सवार बा १ झ १६३३ नम्वरको स्कारपिओ गाडी पूर्व पश्चिम राजमार्गमा पर्ने बाराको पसाहा पुल नजिक दुर्घटना हुँदा बारामा कार्यरत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते प्रजिअ भट्टराईको अवस्था चिन्ताजनक छ । उनको प्रारम्भिक उपचार वीरगंज स्थित वीरगंज हेल्थ केयर अस्पतालमा भएको थियो । प्रजिअ भट्टराईको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रजिअ भट्टराईलाई लिनका लागि काठमाडौंबाट ग्राण्डी अस्पतालका चिकित्सकसहितको टोली हेलिकपटर लिएर वीरगंज पुगेको थियो ।

दुर्घटनामा प्रजिअ भट्टराईका गाडी चालक जगतप्रसाद पटेल, अंगरक्षक शम्भु गुरुङ र एसपीका अंगरक्षक सञ्जयकुमार यादव सामान्य घाइते छन् । तीनैजनाको हेल्थ केयर अस्पताल वीरगंजमा उपचार भईरहेको छ ।

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनिकपछि सर्लाहीको हरिवनस्थित आफ्नो घरमा पुगेर फर्किंदै गर्दा प्रजिअ भट्टराई सवार गाडी पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्बर नखुलेको ट्याक्टरको टेलरमा ठोक्किँदा दुर्घटना भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...