Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पुर्व सांसद बिचारी यादवद्वारा प्रसौनी बिर्तामा सडक शिलान्यास

spot_img
spot_img
वीरगंज, ९ माघ ।
नेकपा नेता एवं पुर्व सांसद बिचारी प्रसाद यादवले आज वीरगंज २३ प्रसौनी बिर्तामा सडक निर्माणको शिलान्यास गर्नुभएको छ । सघन शहरी बिकाश कार्यक्रम कार्यन्वयन अन्र्तगत पुर्व सांसद यादवले प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन बोर्डिङ्ग स्कुल देखि वीरगंज २२ मनियारी नहर चौक सम्म १७५५ मिटर लामो सडकको शिलान्यास गर्नुभएको हो ।
दुवै तर्फ नाला सहित १७५५ मिटर लामो र ३० फिट चौडा सडकको लागत ५ करोड रहेको पुर्व सांसद यादवले जानकारी दिनुभयो । उहाँले पहिलो पल्ट केपी ओली प्रधानमन्त्री भएको बेला सिमा क्षेत्रका शहरका लागि छुटाइएको ७५ करोड बजेटबाट सो सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । वडा अध्यक्ष अवध किसोर कुशवाहाले वडा नम्बर २३को दुइवटै टोलमा सडक निर्माणका काम तिव्र गतिले भइरहेको जानकारी दिनुभयो ।
पुर्व सांसद बिचारी यादवको आग्रहमा वीरगंज २३ सवैठवा देखि वीरगंज २२ मनियारी सम्म निर्माण भईरहेकाले सो सडकको नाम बिचारी पथ राख्न स्थानियले जोड दिएको वडा सदस्य लालबाबु यादवले जानकारी दिनुभयो । उहाँले सो सडक निर्माण भएसंगै सवैठवा, प्रसौनी बिर्ता, मनियारीका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा सदस्य लालबाबु यादव , नेकपाका नेता ताजुदिन अंसारी, ठेकेदार दिनेश कुशवाहा ,रेयाज अंसारीलगायत स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...