Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रारम्भीक कक्षा पढाई कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज, ९ माघ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत बुधबार जिल्ला स्तरिय समिक्षा बैठक बिरगंजको भिस्वा होटलमा सम्पन भएको छ ।

जिल्ला समन्वय समिती पर्सा एवम् जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख कृष्ण प्रसाद सिंग्देलको अध्यक्षतामा बसेको बैठकले प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत देखा परेका बिधालयहरुको पढाईको समस्यालाई निराकरण गर्न अनुगमनमा निरन्तरता दि जोड दिने, कक्षाकोठामा सन्दर्भ सामाग्री र शिक्षक तालिमको प्रभावकारिताका लागी कक्षाकोठको अवलोकन गरी प्राबिधीक सहयोग तथा परामर्शमा जोड दिने, बिधालय अनुदानका लागी छनौट भएका १ सय १५ वटा बिधालय मध्ये बाकी रहेका २५ वटा बिधालयको बिधालय ब्यवस्थापन समिती माघ महिना भित्र गठन गर्नु पर्ने निर्णय गरेको छ ।

गठन नभएको बिधालयमा र बिधालय पर्ने गाउँपालिकामा अबिलम्ब बिधालय ब्यवस्थापन समिती गठन गर्नु पर्ने पत्रचार गर्ने समेत निर्णय गरेको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक भरत सहनीले बताए ।

यस कार्यक्रम अन्तर्गतका बिधालयहरु मध्ये कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाको सबै भन्दा बढी बिधालयहरुमा बिधालय ब्यवस्थापन समिती नरहेकोले अनुदानका रकम पनि ती गाउँपालिकामा पर्ने बिधालयहरुमा जान नसकेको स्रोत ब्यक्ति छोटेलाल साहले बताए ।

बैठकमा गैरसरकारी संस्थाका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव, अभिभावक संघका अध्यक्ष अमर गौतम, स्रोत केन्द्रका स्रोत ब्यक्तिहरु लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...