Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

वीरगन्ज ११ लाई हराउदै हिमालयन शेर्पा फाइलनमा

spot_img
spot_img

वीरगञ्ज, २ माघ ।
हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमिफाईनल खेलमा वीरगञ्ज ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ११ औं मिनेटमा विदेशी खेलाडी काजिम भुसारीले गोल गरी वीरगञ्ज ११ लाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा हिमालयन शेर्पाले बराबरी गोल फर्काएको थियो । ट्राईब्रेकरमा वीरगञ्जका दुई खेलाडीले हानेको बललाई छेकेर हिमालयन शेर्पाका किपर किशोर गिरीले टिमलाई जित दिलाए ।
वीरगञ्जका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरीले गोल गर्दा अनुज सिंह र रञ्जय चौधरीले हानेको बल हिमालयनका किपर गिरीले उत्कृष्ट बचाउ गरे ।
हिमालयनका तर्फबाट विजय श्रेष्ठ, विदेशी खेलाडी विलिक सिवी, प्याट्रिक पिगोभा, रवी थापाले गोल गरेका थिए भने विश्वास श्रेष्ठले पोष्ट बाहिर हानेका थिए ।
वीरगञ्ज ११ का कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए । भोलि हुने दोस्रो सेमिफाईनल खेलमा झापा ११ र नेपाल आर्मी भिड्ने छन् । भोलिको विजेतासँग हिमालयन शेर्पाले उपाधीका लागि माघ ५ गते खेल्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...