Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगन्ज ११ लाई हराउदै हिमालयन शेर्पा फाइलनमा

spot_img
spot_img

वीरगञ्ज, २ माघ ।
हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमिफाईनल खेलमा वीरगञ्ज ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ११ औं मिनेटमा विदेशी खेलाडी काजिम भुसारीले गोल गरी वीरगञ्ज ११ लाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा हिमालयन शेर्पाले बराबरी गोल फर्काएको थियो । ट्राईब्रेकरमा वीरगञ्जका दुई खेलाडीले हानेको बललाई छेकेर हिमालयन शेर्पाका किपर किशोर गिरीले टिमलाई जित दिलाए ।
वीरगञ्जका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरीले गोल गर्दा अनुज सिंह र रञ्जय चौधरीले हानेको बल हिमालयनका किपर गिरीले उत्कृष्ट बचाउ गरे ।
हिमालयनका तर्फबाट विजय श्रेष्ठ, विदेशी खेलाडी विलिक सिवी, प्याट्रिक पिगोभा, रवी थापाले गोल गरेका थिए भने विश्वास श्रेष्ठले पोष्ट बाहिर हानेका थिए ।
वीरगञ्ज ११ का कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए । भोलि हुने दोस्रो सेमिफाईनल खेलमा झापा ११ र नेपाल आर्मी भिड्ने छन् । भोलिको विजेतासँग हिमालयन शेर्पाले उपाधीका लागि माघ ५ गते खेल्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वैदेशिक हस्तक्षेप र स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट...

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...