Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स आयोजना हुदै

बुटवल, १८ पुस ।

- Advertisement -

बुटवलमा ११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स हुने भएको छ । रोट्याक्क क्लव अफ बुटवल, रोट्याक्क क्लव अफ तिनाउ सिटी, रोट्याक्क क्ल्व अफ भैरहवा, रोट्याक्क क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्क क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स हुने भएको हो ।

आयोजकले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानाकारी दिएको छ । डिष्ट्रिक कन्फरेन्स माघ ४ र ५ गते तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । रोट्याक्क डिष्ट्रिक ३२९२, नेपाल र भुटानले आयोजना भएको सम्मेलनमा देशभरका १ हजार बढिको सहभागिता हुने रोट्याक्क क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानाकारी दिए ।

सम्मेलनमा व्यक्तित्व विकास, क्षमताको प्रदर्शन सम्बन्धी प्रशिक्षण समेत हुनेछ । कार्यक्रममा डिष्ट्रिक गर्भनर चिन्तामणि भटट्राई, डिष्ट्रिक गर्भनर नोमिनी राजीव पोख्रेल, सांसद गगन थापा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनिती नेता रहवर अन्सारीको सहभागिता हुने आयोजकले बताएको छ ।

कार्यक्रम बारे जानाकारी दिदै रोट्याक्क क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले सामाजिक कार्य गर्दै आएका रोट्याक्क क्लवलहरुले सहभागि व्यक्तिहरुको व्यक्तित्व विकासका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रोट्याक्क डिष्ट्रिक ३२९२ का कम्युनिटी सर्भिस डिरेक्टर विक्रम क्षेत्रीले समाज रुपान्तरणको अभियान रोट्याक्क लागेको बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...