Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सुनौलो बचत तथा ऋण सहकारीकाे आठौ साधारण सभा सम्पन्न्न

spot_img
spot_img

वीरगंज, २८ पुस ।

सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिरगंजको आठौ साधारण सभा आज बिरगंजको कुमु कोटलमा सम्पन भएको छ । संस्थाका अध्यक्ष सुरेश कुश्वाहाको अध्यक्षतामा र जिल्ला समन्वय समिती पर्साका प्रमुख नेकमहम्मद अंसारीको प्रमुख आतिथ्यमा सम्पन साधारणसभामा ४ करोड ६८ लाख ७ हजार १५ रुपैया २८ पैसाको यस आर्थिक बर्ष २०७४।०७५ मा कारोबार भएको प्रस्तुत गरिएको थियाे ।

संस्थाका प्रबन्धक मजन्म चौधरीले कारोबार प्रस्तुत गर्नुका साथै यस बर्ष खुद नाफा २ लाख ८२ हजार १ सय १३ रुपैया प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाको सेयर तथा साधारण सदस्य ९ सय ९२ जना रहेको बताउनु भएको छ ।

साधाराणसभामा प्रमुख अतिथी तथा अतिथीहरुले ५ जना उत्केष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकमहम्मद अंसारीले यो संस्था संस्थाका सदस्य र कर्मचारीहरुको ईमान्दारीले फस्टाएको बताउनु भएको थियो । शुभकामना दिदै अब अउने आर्थिक बर्षमा होटलमा होईन टाउन हालमा साधारण सभा हुने वताउनु भयााे ।

कार्यक्रममा बिशिष्ठ अतिथी बिरगंज महानगरपालिकाका डिभिजन प्रमुख रामदयाल यादव, जिल्ला सहकारीका अध्यक्ष राजेश पंडित, अधिवकता पानालाल गुप्ता, भुपु क्याम्पस चिप जनक महतो, ईन्जिनियर मुन्ना सर्राफ, गैरसरकारी संस्थाका अध्यक्ष छठु साह, रामनिवास देहाती लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...