Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

जिराभवानी गाउँपालिकाद्वारा कक्षा ९ र १० का छात्राहरुलाई निःशुल्क साईकल वितरण

पर्सा, २५ पुस ।
जिराभवनी गाउँपालिकाले बुधबार एक कार्यक्रमका बिच एक सय ७ जना छात्राहरुलाई साईकल वितरण गरेको छ । जिराभवनी गाउँपालिकाको वडा नं. ३ मा रहेको बितो महतो जनता मा.वि. नवकाटोलाका कक्षा ९ र १० का एक सय ७ जना छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अमिति कुमार गिरीले वताए ।

- Advertisement -

गाउँपालिकाको आ.व. २०७५/०७६ को बेटी पढाई बेटी बचाई कार्यक्रम अन्तर्गत छात्राहरुको अध्ययन गर्न विद्यालय जान आउन सजिलो हुनको लागि साईकल वितरण गरिएको अधिकृत गिरीले जानकारी गराए । वडाध्यक्ष उमेश सिंहको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामपृत महतोको प्रमुख आतिथ्यतामा भएको साईकल वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थरुइन, प्रमुख प्रशासकिय अधिकृत गिरी, विद्यालयका प्रअ लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुको हातबाट साइकल वितरण गरिएको थियो । गाउँपालिका अन्तर्गतका कक्षा ९ र १० मा अध्ययनरत २ सय २६ जनालाई साईकल वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले वताए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष महतोले त्यस पछि पनि वाकी रहेका छात्राहरुलाई पनि अगामी दिनमा साईकल वितरण गरिने घोषणा समेत गरे ।

यस्तै कक्षा ११ का ७० जना छात्राहरुलाई साईकल वितरण गर्न निर्णय समेत भइसकेको अध्यक्ष महतोले जानकारी गराए । गत आ.व. २०७४/०७५ मा पनि गाउँपालिकाले कक्षा ८ मा अध्ययनरत २ सय १६ जनालाई साईकल वितरण गरेको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...