Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

१२ कार्टुन अबैध कुखुराको चला बरामद

राजन बानिया /

- Advertisement -

पोखरिया २२ पुस ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट अमरपटी, पर्साले बिन्दबासनी गाउँपालिकाको प्रसौनीबाट अाज बिहान ६ बजेको करिबमा १२ कार्टुन भारतिय कुखुराको चला बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा अमरपटी नाकाबाट बिन्दबासनी तर्फ लगी रहेको अवस्थामा सशस्त्र प्रहरी निरिक्षक कुशु बुढाथोकीको कमाण्डमा रहेको गस्ती टोलीलाई  देखि तस्करहरुले चलाको कार्टुन फालेर भागन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ  ।

१२ वटा कार्टुनबाट १५ सय कुखुराको चला बरामद  भएको र चलाको मूल्य १ लाख भन्दा बढी रहेको प्रहरीले जनाएको छ  । बरामद गरिएको कुखुराको चलालाई अमरपटी बिअोपीमा स्थानिय भद्रभलादमी, संचारकर्मी र पशु कर्मचारीको रोहबरमा नष्ट गरिएको छ  ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...