Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

प्लाष्टिक उधोगमा मजदुरको मृत्यु

वीरगंज, २० पुस ।
वीरगञ्जको पिपरा स्थित चिनिमिल आवास क्षेत्र अगाडी रहेको किरण प्लाष्टिक उद्योगमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । शुक्रबार विहान ७ बजे उद्योगमा कार्यरत वीरगञ्ज महानगरपालिका वडा नं.२४, रामगढवाकाका २१ बर्षीय रम्भु पटेलको मृत्यु भएको हो ।

- Advertisement -

उधोगमा प्लाष्टिकको दाना हाल्ने क्रममा मजदुर पटेलको सल पाटामा बेरिएर घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । पलाष्टिकको दाना हाल्ने क्रममा पटेलले लगाएको सल पाटामा बेरिएर घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

उद्योगमा कार्यरत पटेलको मृत्यु पश्चात उद्योगको उत्पादन बन्द भएको छ भने शवलाई पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पठाईएको पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राईले बताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...