Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

प्रादेशिक रंगशाला वीरगंजमा बनाउनु पर्ने माग गर्दै मानव साङ्लो

वीरगंज, १६ पुस ।
वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक बनाउन माग गर्दै सोमबार मानव साङ्लो बनाइएको छ । नारायणी रंगशाला भित्र विहान ११ बजे देखी १२ बजे सम्म मानव साङ्लो बनाइएको हो । मानव साङ्लोमा प्रदेश सांसद सहित नेकपा, नेपाली कांग्रेस, राजपाका नेता, कार्यकर्ता, समाजिक अभियान्ता, विद्यार्थी, खेलाडीहरुको सहभागिता रहेको थियो ।

- Advertisement -

मानव साङ्लोमा सहभागि प्रदेश नं. २ का सांसद राजेश्वर साहले देश कै दोस्रो ठुलो नारायणी रंगशालालाई स्तर उन्नति लागि प्रदेश सभामा आफुले कुरा राख्दा पनि बेवास्ता गरिएको वताए । पर्सा कै मुख्य मन्त्री, बाराका मन्त्रीको उपस्थितीमा प्रदेश सभाको निति, तथा कार्यक्रममा रंगशालाको स्तर उन्नती गर्न आफुले माग गर्दा पनि बजेटमा नराखिएको वताए ।

देश कै दोस्रो ठुलो रंगशाला जसको स्तर उन्नतीको लागि डि.पि.आर. समेत तयार भइसके ता पनि प्रदेश सरकारले जनकपुरमा बनाउन निर्णय गरेको वताए । प्रादेशिक रंगशाला जनकपुरमा बनाउन निर्णय प्रदेश सरकारले गरि सके ता पनि प्रदेश सरकारको काम नभई केन्द्र सरकारको काम भन्दै भ्रम फैलाउन काम गरेको वताए । प्रादेशिक रंगशाला जसरी पनि वीरगंजमा हुनु पर्ने र त्यसको लागि आफुले प्रदेश सभामा पनि कुरा उठाउने वताए ।

प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला बनाउने गरेको निर्णयको विरोधमा मानव साङ्लो प्रदर्शन गरिएको नेकपाका नेता बिचारी यादवले वताए । प्रदेश सरकारले वीरगंज संग विभेद गर्दै रंगशाला जनकपुरमा बनाउन निर्णय गरेको पुर्व सांसद समेत रहेका नेता यादवको भनाई थियो ।

प्रादेशिक राजधानी संग संगै प्रादेशिक रंगशाला पनि जनकपुर मै बनाउने प्रदेश सरकारको तयारी वीरगंज संगको विभेद पूर्ण कार्य रहेको उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले वताए ।

प्रादेशिक रंगशालाको लागि वीरगंज उपयुक्त ठाउँ भएकोले जसरी पनि वीरगंज नै हुनु पर्ने र त्यस कै लागि मानव साङ्लोमा आएको फुटबल खेलाडी कृष्ण साक्यले वताए ।

मानव साङ्लोमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व मन्त्री सुरेन्द्र चौधरी, राजपाका महासचिव राजेशमान सिंह, सह महासचिव नेजामुदिन समानी, नेकपा नेता प्रभु हजरा, बसरुदिन अंसारी, युवा नेता ओमप्रकाश सरार्फ लगायतकाको सहभागिता रहेको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...