Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सा प्रहरीद्वारा एक क्वीन्टल ६० किलोग्राम चरेश सहित ट्रक र चालक पक्राउ

spot_img
spot_img

वीरगंज, १६ पौष ।
पर्सा प्रहरीले ठुलो परीमाणमा लागु औषध चरेश सहित ट्रक पक्राउ गरेको छ । मकवानपुर मनहरीबाट वीरगंज तर्फ आउदै गरेको ट्रक सहित चालकलाई आईतबार साझँ ७ बजेको समयमा एक क्वीन्टल ६० किलोग्राम चरेश सहित प्रहरीले पक्राउ गरेको हो ।

परवानीपुर देखी मिलनचौक जाने सड्क खण्डबाट ना.४ ख २९८५ नम्बरको ट्रकमा चरेश फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । सुचनाको आधारमा खटेको प्रहरी टोलीले ठुलो परीमाणमा चरेश सहित ट्रक र चालकलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकालले वताए ।

track-kalikatimesट्रकको बडि कयाबिनको बिच भागमा फल्स बटम बनाई राखी वीरगंज तर्फ ल्याउदै गरेको लागु औषध चरेश सहित मकवानपुर हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीका २९ बर्षिय सागर बललाई पक्राउ गरीएको प्रहरी उपरिक्षक ढकालले वताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार विहान पत्रकार सम्मेलन गरी पक्राउ गरिएको ट्रक, चरेश र चालकलाई सार्वजनिक गर्दै थप अनुसन्धान भईरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...