Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

शिक्षक महासंघ, पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट शिक्षक संघ विजयी

spot_img
spot_img

 पर्सा, १५ पुस ।
शिक्षक महासंघ पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ । शनिबार राती अबेर सप्पन्न मतगणनाको नतिजा अनुसार महासंघको जिल्ला अध्यक्ष सहित १० वटा स्थानिय तहमा शिक्षक संघ विजयी भएको हो । 

पर्साको १४ स्थानिय तहमा १० वटामा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, ३ वटामा नेकपा निकट राष्ट्रिय शिक्षक संगठन र एक वटामा संघिय समाजवादी फोरम निकट संघिय शिक्षक फोरम विजयी भएकाे छ ।

वीरगंज मनपा सहित धाेविनी, जगरनाथपुर गापा पटेर्वासुगौली गापा, जिराभवानी गापा, ठोरी गापा, पकहा मैनपुर गापा, छिपहरमाई गाउँपालिका, पोखरिया नपा र पर्सागढी नपामा शिक्षक संघ, सखुवा प्रसौनी गापा, विन्दवासिनी गापा र बहुदरमाई नपामा शिक्षक संगठन र कालिकामाई गपामा शिक्षक फोरम विजयी भएकाे छ ।

श्रीपुर बिधापिठ मा.वि. वीरगंजमा शनिबार भएको मतदानको मतगणना राती नै भएको थियो । संघकाे तर्फबाट जिल्ला अध्यक्ष पदका लागि महासंघका निवर्तमान अध्यक्ष तिर्थराज यादव र प्रअ विनोध मेहता थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...