Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

श्रीनीधि बचत तथा सहकारी संस्थाको सधारण सभा उपप्रम यादवद्वारा उदघाटन (फोटोफिचर सहित)

spot_img
spot_img

शम्भु कुमार सुमन/वीरगंज, १४ पौष ।
उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मधेशको मुद्धा समस्या समाधान नभए सम्म देशको बिकाश नहुने बताएका छन । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका अध्यक्ष यादवले संबिधान संशोधन गर्नका लागी नै आफुहरु सरकारमा गएको र संसोधनको लागि लागि परेको वताए । श्रीनीधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं सधारण सभाको उदघाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको बेरोजगारी अन्तय गर्नको लागी सहकारी अन्दोलन गर्ने आवश्यक रहेको बताए ।

upendra yadav-kalikatimesउपप्रधान मन्त्री यादवले मधेश आन्दोलनबाट मधेशको पहिचान स्थापित भएको बताउँदै मधेश आन्दोलनले नै संघियता आएको बताए । उनले वीरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पताल क्षेत्रिय होइन राष्ट्रिय स्तरको बनाउन पक्रिया अगाडी बढिसकेको वताए । उनले भने,‘देशमा खुलेका सहकारी संस्थाहरुका कारण निमुखा गरीब तथा युवाहरु बढि लाभान्वित भएका छन र अब आर्थिक समृद्धिको लागी अगाडी बढन जरुरी रहेको छ ।

जंगबहादर राणाले बनाएको मुलुकि ऐनमा प्रजातान्त्रिक सरकारले प्रयोग गरेर देशलाई पुराण पुरानै ढाडामा चलाईरहेको बताउँदै उनले नयाँ संबिधान मार्फत १६ वटा कानुन बनाएर देशलाई समृद्धि तर्फ अगाडी बढाउने काम भईरहेको ठोकुवा गरे । सरकारले सबैलाई आधारभुत स्वास्थ्य निशुल्क निति निर्माणमा अगाडी बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवको भनाई थियो । सधारण सभाको उदघाटन समाहरोहमा सहकारी संस्थाको मोबाईल एप्स तथा वेवसाइटको समेत उप प्रधानमन्त्री यदावले उदघाटन गरेका थिए ।

chandesh-kalikatimesविगत सात बर्षको छोटो अवधीमा एक करोडबाट कारोबार सुरु गरेको सहकारी संस्थाले ७ बर्षमा ३ हजार ५ सय सेयर सदस्य मार्फत साढे ५२ करोडको कारोबार गरेको छ । कार्यक्रममा सहकारी संस्थाको बारेमा प्रकाश तथा स्वागत मन्तव्य राख्दै संस्थाका कर्जा प्रबन्धक चन्देश्वर प्रसाद चौरसियाले संस्था नाफा कमाउन उद्देश्यले मात्र नभई समाजिक दायित्व अनुसार पनि अगाडी बढेको वताए । उनले सहकारीबाट सहजै ऋण प्रवाह गरी युवाहरुलाई रोजगारी समेत सृजना गरेको वताए ।

sabha-kalikatimesसहकारी संस्थाका अध्यक्ष प्रम बहादुर बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप यादव, हरिनारायण रौनियार, फोरमकी राजनितिक समिति सदस्य रेखा राय यादव, केन्द्रिय सदस्य शशिकपुर मियाँ, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, राजपाका महासचिव सचिव शिव पटेल, सह महासचिव नेजामुदिन समानी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बंजारा लगाायतकाको सहभागिता रहेको थियो ।

sahabhagi2-kalikatimesकार्यक्रमको संचालन पत्रकार द्वय लक्ष्मी खरेल र उजवल घिमिरेले गरेका थिए भने सहकारी संस्थाका विच डा. सुरेन्द्र प्रसाद चौरसियाले संस्थाको प्रतिवेद प्रस्तुत गरेका थिए । वीरगंज नगर सभामा गृहमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...