Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

पर्साको प्रथम खुल्ला दिसामुक्त नगरपालिका पर्सागढी घोषणा (फोटोफिचर सहित)

spot_img
spot_img

शम्भु कुमार सुमन/पर्सा, १३ पुस ।
पर्साको प्रथम खुल्ला दिसामुक्त तथा पुर्ण सरसफाई उन्मुख नगरपालिका पर्सागढी नगरपालिका शुक्रबार घोषणा भएको छ । “एक घर एक धारा चर्पि पर्सागढीको शाना, पूर्ण सरसफाई युक्त नगर निर्माण हाम्रो अभियान” नाराको साथ पर्सागढी नगरपालिका भव्य समाहरोका विच खुल्ला दिसामुक्त घोषणा भएको हो ।

khula disamukat ghosana-kalikatimesपर्सागढी नगरपालिकाका मेयर लोक नारायण प्रसाद यादवको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथी पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे । घोषणा सभामा जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति, पर्साका सचिव जकी अहमदले नगर वासी संग आजको मिति दैखि नै बाहिर खुल्ला दिसा पिसाव नगर्न प्रतिवद्धत अर्थात कसम समेत खुवाएका थिए ।

hat dudahai-kalikatimesघोषणा सभामा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी र अतिथीहरुले साबुन पानीले हात धुई खाना खानु भन्दा पहिला र खाईसके पछि साबुन पानी हात धुन पनि आग्रह गरेका थिए । घोषण सभा मै पर्साको ५४ र ५५ साविक गाविस बागेश्वरी तित्रौना र हालको नगरपालिकाको वडा नं. ६ र ७ लाई पनि खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।

sahabhagi-kalikatimes

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामरुप कुर्मी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चेत बहादुर सुवेदी, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँ लगायतकाले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सुर्योदय युवा क्लबका कार्यक्रम संयोजक गिरी राज कडेलले गरेका थिए भने स्वागत मन्तव्य नगरपालिकाकी उप प्रमुख अर्चना चौधरीले गरेकी थिइन ।

saman-kalikatimesघोषणा सभामा मेयर यादव, उप प्रमुख चौधरी, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नं. १ देखी ९ सम्मका वडा अध्यक्ष, नेपाल पत्रकार महासंघ, गैसस महासंघ नेपाल, पर्सा लगायतकालाई सम्मान समेत गरिएको थियो । पर्सागढी नगरपालिकाको वडा नं. ६, बागेशवरी तित्रौना स्थित रहेको सुर्योद्य युवा क्लबको प्राङ्गणमा भएको घोषण सभामा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा...

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...