Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

अवैध भारतिय मुद्रा सहित एक भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज, १२ पुस ।
अवैध भारतिय मुद्रा सहित एक भारतियलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण बेतिया जिल्ला थाना गौनाहा वडा नं. ७, बस्ने गोपाल भगतको छोरा बर्ष ३० को प्रदिप भगत रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १६, ईनर्वा शंकाराचार्य गेटबाट अवैध भारु १ लाख ७० हजार सहित प्रदीपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तस्करहरुले अवैध रुपमा बिदेशी मुद्रा वीरगंजको सिमा नाका हुदै भारतको रक्सौल तर्फ लैजादै छ बिशेष सुचनाको अधारमा बुधबार सवा ४ बजेको करिबमा चेकजाँच गर्ने क्रममा प्रदिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

निजको साथबाट भारतीय नोट रु २ हजार दरको ४५ थान, रु ५ सय दरको १६१ थान र रु २ सय दरको २ थान गरी जम्मा रु १ लाख ७० हजार फेला परेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रदीपलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...