Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

निकुञ्जको नियम विपरीत तस्करीको लागी गिट्टी र बालुवा भण्डारण

कृष्ण मोहन साह/सेढवा :

- Advertisement -

पर्साको जिराभवानी गाँउपालिका र ठोरी गाँउपालिकामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको नियम विपरीत सयौ ट्रक गिट्टी र बालुवा भण्डारण गरेर राखिएको छ । आम उपभोक्ता हरुको नाममा पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्र भित्रका उपभोक्ताहरुको घर बनाउने भनि अनुमति लिई तस्करहरुले भारत तस्करी गर्नको लागी सयौ ट्रक गिट्टी र बालुवा भण्डारण गरेर राखेका छन् ।

भारतीय सीमा छेउका जगतिया, गम्हरिया, बाघमोर्चा खोला, लाटोमाई मन्दिर नजिक पर्साका गाँउहरुमा तस्करहरुले अवैध रुपमा भण्डारण गरेर राखेको बालुवा र गिट्टी मौका छोपेर भारतमा तथा मध्यवर्ती क्षेत्र बाहिर तस्करी गर्ने गरेको स्थानीय गाँउलेहरुले बताएका छन् । निकुञ्ज भित्र रहेको बाघमोर्चाको ओरीया खोलामा ठेक्का नभएपछि तस्करीमा वृद्धि भएको स्थानीयबासीले बताएका छन ।

यसैबिच सुवर्णपुरमा रहेका सुनाखरी उपभोक्ता समितीले सोमबार छड्के अनुगमन गर्दा बालुवा सहितको एउटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ । पर्साको जिराभवानी गाँउपालिका हुदै बालुवा मध्यवर्ती क्षेत्र भन्दा बाहिर लगीरहेको अवस्थामा ना ३ त ५५३६ नम्बरको टयाक्टर समितिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टयाक्टरमा रसिद काटिएको बालु्वा भएपनि त्यहि टयाक्टरमा गिट्टी पनि लोड गरीएकोले नियन्त्रणमा लिइएको उपभोक्ता समितीका सचिव जिवन श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...