Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

नेबि संघ पर्साको बैठकमा खुकुरी प्रहार, एक घाइते

spot_img
spot_img

 वीरगन्ज,११ पुस ।
नेपाल विद्यार्थी संघ पर्साको बैठकमा बुधबार खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । वीरगंज, श्रीपुर स्थित रहेको नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको नेबि संघको बैठकमा विद्यार्थी नेताहरु विच भएको भनाभनको क्रममा एकासी खुकुरी प्रहार भएको हो ।

पर्साको सबै स्थानीय तहका प्रतिनिधि खटाउने विषयमा छ्लफल हुने क्रममा विवाद भएको थियो । बैठकमा नेबिसंघका कार्यकर्ता रोसन सिंह भनिने मुन्ना पटेलले खुकुरी प्रहार गर्दा ठाकुर राम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएको छन् ।

घाइते अन्सारी समान्य उपचार पछी घर फर्केको परिवारजनले जनाएका छन् । भोलि विहिबार २ बजे खुकुरी प्रहार सम्बन्धमा बैठक बसि छलफल गरेर कानुनी कारवाही गरिने सहमति पछि विवाद सुलझेको थियो ।

बैठकमा नेवि संघ सह महामन्त्री लक्षिम भक्त खनाल ,काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल लगायतकाको उपस्थिति रहेको थियो । जिल्ला सभापतिको विषयमा केही समय पहिला देखि नै नेवि संघमा दुुई गुट भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...