वीरगंज, ११ पुस ।
आन्दोलनरत माइस्थान विधापिठ मा.वि. वीरगंजका विद्यार्थीहरु माथी प्रहरीले लाठी चार्ज गरेको छ । प्र.अ. सरुवाको विरोधमा आन्दोलनरत विद्यार्थीहरु माथी प्रहरीले गरेको लाठी चार्जले आधा दर्जन विद्यार्थी घाइते भएका छन । वीरगंजका विद्यालय र क्याम्पसहरु बन्द गराउदै हिडेका विद्यार्थीहरु माथी हरिखेतान क्याम्पस अगाडीले प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रहरीको लाठी चार्जबाट मायस्थान विद्यापिठका विद्यार्थी सोनु सिंह, रोहित चौरसिया, सुरेश झा, आन्त्री गुप्ता, सिद्धार्थ सरार्फ लगायत आधा दर्जन भन्दा बढी विद्यार्थीहरु घाइते भएको विद्यार्थीहरु वताएका छन । घाइते विद्यार्थीहरु नारायणी उपक्षेत्रिय वीरगंजमा उपचार गराइ घर फर्केको घाइते विद्यार्थी सोनी सिंहले वताए ।
प्रहरीले हाम्रो आन्दोलन माथी दमन गर्दै कुटपिट गरी घाइते बनाएको विद्यार्थी सिंहले वताए । हामीलाई प्र.अ. विनोद मेहता सर चाहिन्छ र महानगरले उहांलाई नै हाम्रो विद्यालयको प्रअमा राख्न निर्णय नगरे सम्म हाम्रो आन्दोलन जारी रहने विद्याथी सिंहले वताए ।
प्रहरीले विधार्थीहरु माथी लाठी चार्ज गरे पछि विद्यार्थीहरु पनि प्रहरी माथी ढुंगामुडा गरेका थिए । विद्यार्थीहरुको ढुगांमुडाबाट एक जना प्रहरी पनि घाइते भएको वताइएको छ । माइस्थानका विद्यार्थीहरु प्रअ मेहताको मांग गर्दै गत आइतबार देखी नै आन्दोलन गर्दै आएका छन । वीरगंज महानगरपालिकाले माइस्थानको प्रअ मेहतालाई सुखचैना मा.वि. सरुवा गरी माइस्थानमा मृत्युजा अंसारीलाई पठाएको छ ।


