Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

विद्यार्थीहरु माथी प्रहरीको लाठी चार्ज, आधा दर्जन विद्यार्थी घाइते

spot_img
spot_img

वीरगंज, ११ पुस ।
आन्दोलनरत माइस्थान विधापिठ मा.वि. वीरगंजका विद्यार्थीहरु माथी प्रहरीले लाठी चार्ज गरेको छ । प्र.अ. सरुवाको विरोधमा आन्दोलनरत विद्यार्थीहरु माथी प्रहरीले गरेको लाठी चार्जले आधा दर्जन विद्यार्थी घाइते भएका छन । वीरगंजका विद्यालय र क्याम्पसहरु बन्द गराउदै हिडेका विद्यार्थीहरु माथी हरिखेतान क्याम्पस अगाडीले प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रहरीको लाठी चार्जबाट मायस्थान विद्यापिठका विद्यार्थी सोनु सिंह, रोहित चौरसिया, सुरेश झा, आन्त्री गुप्ता, सिद्धार्थ सरार्फ लगायत आधा दर्जन भन्दा बढी विद्यार्थीहरु घाइते भएको विद्यार्थीहरु वताएका छन । घाइते विद्यार्थीहरु नारायणी उपक्षेत्रिय वीरगंजमा उपचार गराइ घर फर्केको घाइते विद्यार्थी सोनी सिंहले वताए ।

प्रहरीले हाम्रो आन्दोलन माथी दमन गर्दै कुटपिट गरी घाइते बनाएको विद्यार्थी सिंहले वताए । हामीलाई प्र.अ. विनोद मेहता सर चाहिन्छ र महानगरले उहांलाई नै हाम्रो विद्यालयको प्रअमा राख्न निर्णय नगरे सम्म हाम्रो आन्दोलन जारी रहने विद्याथी सिंहले वताए ।

प्रहरीले विधार्थीहरु माथी लाठी चार्ज गरे पछि विद्यार्थीहरु पनि प्रहरी माथी ढुंगामुडा गरेका थिए । विद्यार्थीहरुको ढुगांमुडाबाट एक जना प्रहरी पनि घाइते भएको वताइएको छ । माइस्थानका विद्यार्थीहरु प्रअ मेहताको मांग गर्दै गत आइतबार देखी नै आन्दोलन गर्दै आएका छन । वीरगंज महानगरपालिकाले माइस्थानको प्रअ मेहतालाई सुखचैना मा.वि. सरुवा गरी माइस्थानमा मृत्युजा अंसारीलाई पठाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...