Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

प्रदेश नं. २ को आर्थिक विकासका सम्भावना सम्वाद : कृषि, उधोग र पर्यटनमा जोड

spot_img
spot_img

वीरगञ्ज, १० पुस ।

प्रदेश २ को समृद्धिका लागि कृषि, पर्यटन र उद्योगको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले मानव जनशक्ति विकास र अन्तर्प्रदेश सहकार्यलाई पनि सँगै अघि बढाउन सुझाव दिए ।

इकोनोमिक रिपोर्टस एशोसिएशन (इरा) ले वीरगञ्जमा आयोजना गरेको प्रदेश २ को विकासका संभावना र चुनौती विषयक संवाद कार्यक्रममा वक्ताहरुको मानव विकास सूचकांक, औसत साक्षरता, सरसफाइमा प्रदेश पछाडि भए पनि कृषि, पर्यटन र उद्योग धन्दाको विकास मार्फत प्रदेशलाई पहिलो बनाउन सकिने धारणा राखे ।

पूर्वाधार विकाससँगै मानवीय विकास पनि अघि बढाउनुपर्ने बाध्यता, कमजोर सुशासन, दक्ष जनशक्तिको अभाव, परम्परागत कृषि लगायत चुनौतीलाई छिचोल्न सबैको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले प्रदेशको मुख्य समस्या भनेको सुशासन नै भएको बताए । ‘प्रदेश पछाडि पर्नुमा कमजोर गर्भनेन्स (सुशासन) नै हो, व्यक्ति बलियो बन्न खोजेका छन्, संस्था बलियो बनाउन चाहने कमै छन्’ उनले भने ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले प्रदेशको विकासका लागि कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । उनले वीरगञ्जलाई अन्र्तराष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न सकिने बताए ।

उद्योग वाणिज्य महासंघका सदस्य अशोक टेमानीले भएका पूर्र्वाधारको अत्याधिक प्रयोग गर्दै नयाँ पूर्वाधार विकासमा लाग्नुपर्नेमा जोड दिए । ‘प्रदेशमा आईसीडी, आईसीपी, लगायतका पूर्वाधार छन्, त्यस्ता पूर्वाधारको पूर्ण रुपमा प्रयोगमा ल्याउने र आवश्यता अनुसार पूर्वाधार निर्माण गर्दै जानुपर्छ’ उनले भने ‘भन्सारले दिने राजश्वलाई आफ्नो आम्दानी मानेर मख्ख परेर बस्नु हुँदैन, आन्तरिक राजश्वको स्रोतलाई बढाउने क्रियाकलाप गर्नुपर्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले प्रदेश २ को अवस्था कर्णाली प्रदेशकै जस्तो बनाउनुमा सबै जिम्मेवार भएको बताए । उनले कनेक्टिभिटिलाई बढाउँदै व्यापार वृद्धि गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए । ‘कृषिको सम्भाव्यता भएको प्रदेशको रुपमा हामीले प्रदेश २ लाई हेरेका छौं तर किसानको उत्पादन लागत बढी देखिएको छ । उनीहरुले उत्पादन अनुसार प्रतिफल पाउन सकेका छैनन्’ उनले भने ‘यसबारेमा सरोकारवालाहरुको ध्यान तानिनुपर्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठले पब्लिक–प्राइभेट पार्टनरसीपमा योजनावद्ध ढंगले विकासका काम अघि बढाउनुपर्ने सुझाव दिए । ‘अब विगतमा जस्तो संघिय सरकारको मुख ताक्नुपर्ने अवस्था छैन, आफ्नो प्रदेशको विकासका लागि योजना बनाएर अघि बढ्न सकिन्छ’ लाठले भने ‘पीपीपी मोडलमा प्रपोजल बनाएर जाउँ सबै मिलेर काम गरौं ।’

प्रदेश सांसदहरुले भने राज्यको नियत ठिक हुने हो भने प्रदेशको विकासले फड्को मार्न समय नलाग्ने बताएका छन् । उनीहरुले विगतमा राज्यको नियत नै ठिक नभएका कारण प्रदेश विकासमा पछि परेको अरोप लगाए ।

प्रदेशसभा सदस्य प्रल्हाद गिरीले सरोकारवाला सबैको नियत नै खराब भएका कारण प्रदेश नं २ पछाडि परेको बताए । ‘ईरायल जस्तो मरुभूमिमा समेत खेती भइरहेको छ भने हामीकहाँ किन हुन सक्दैन, सरकारी उद्योग, कलेज, अस्पताल दुरा अवस्थामा पुग्दा निजी फस्टाइरहेको छ’ उनले भने ‘यो कसरी हुन्छ ? सबैको नियत ठीक हुन्छ भने सबै ठीक हुन्छ ।’

प्रदेश सभासद ओमप्रकाश शर्माले राज्यको नियत खराब भएकै कारण सबैभन्दा थर्ड क्लास बाटो यहीको भएको बताए । ‘दिनको २ हजार भारी सवारी चल्ने बाटो हाम्रो छ, देशभरीलाई आवश्यक कुरा जुटाउने काम वीरगञ्जले गर्छ तर वीरगञ्जकै बाटो देशका अन्य ठाउँको भन्दा थर्ड क्लासको छ । वीरगञ्ज भन्दा पहिला अन्तै सिक्स लेन बाटो बन्छ, राज्यको नियत वीरगञ्जलाई कसरी ध्वस्त पार्ने भन्ने नै छ’ उनल भने ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका उनले वीरगञ्जलाई सुकाएर अन्य ठाउँको विकास कसरी गर्न सकिन्छ भनेर राज्य लागेको आरोप लगाए । ‘कलकत्ताबाट यहाँ आउँदा ५० हजार पर्ने समान भैरहवा जाँदा २ लाख भन्दा बढी पर्छ ।’ उनले भने ‘तैपनि राज्यको नजर ती ठाउँको विकास कसरी गर्ने भन्नेमै छ । वीरगञ्ज सँधै उपेक्षामा मात्रै छैन दबाएर राखिएको छ ।’

नेपाली काँग्रेसका पर्सा सचिव श्याम पटेलले पर्यटन प्रवद्र्धनबाट पनि प्रदेश सरकार समृद्धिको बाटोमा अघि बढ्न सक्ने आधार रहेको धारणा राखे ।

वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा दीपक शाक्यले प्रदेश २ मा कृषिमा आधारित उद्योग र कषि अनुसन्धान गर्ने संस्थाहरु खोल्नुपर्ने बताए । ‘उब्जाएको गोलभेँडा फाल्नुपर्ने अवस्था छ गोलभेडाको सस यहाँ बनाउँदैनौं बाहिरबाट ल्याएर खान्छौं, उखुमा चलानी र भुक्तानीको समस्या छ । सरकारी चिनी उद्योग बन्द अवस्था छ’ उनले भने ‘प्रदेश २ लाई एक नम्बर बनाऔं भनेर सबै लागि पर्नुपर्छ, कस्तो म्यान पावर आवश्यक छ त्यस अनुसारका शिक्षा ल्याउनुपर्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...