Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

पर्सा, १० पुस
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा मंगलबार सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिव्य यूवा क्लव, पर्सा तथा एक्सन एड नेपालको सहकार्यमा पटेर्वा सुगौली गाउँपालिकामा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कार्यक्रम भएको थियो ।

क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षयता तथा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको प्रमुख अतिथियमा कार्यक्रम सम्पन्न भएको हो । जसमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो चौधरी, वडा सदस्यहरु तथा पटेर्वा सुगौली गाँउपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुण्स्तरिय शिक्षाका आधारभूत १० वटा अधिकारको बारेमा कार्य पत्र राजेश यादवले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत आएको शिक्षाको समस्यालाई शिक्षाको निति भित्र ल्याई छिटो समाधान गर्नेे प्रतिबद्धता गरे ।

कार्यक्रमको सहजीकरण क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाई साहले गरेकी थिइन । यस्तै सोमबार पटेर्वा सेगौली गाँउपालिकामा मै किशोरी समुहका सदसयहरुको लागि संचालित ३ दिने नेतृत्व विकास सम्बन्धि तालिमको सम्पन्न भएको क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...