Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

पर्सा, १० पुस
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा मंगलबार सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिव्य यूवा क्लव, पर्सा तथा एक्सन एड नेपालको सहकार्यमा पटेर्वा सुगौली गाउँपालिकामा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कार्यक्रम भएको थियो ।

क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षयता तथा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको प्रमुख अतिथियमा कार्यक्रम सम्पन्न भएको हो । जसमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो चौधरी, वडा सदस्यहरु तथा पटेर्वा सुगौली गाँउपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुण्स्तरिय शिक्षाका आधारभूत १० वटा अधिकारको बारेमा कार्य पत्र राजेश यादवले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत आएको शिक्षाको समस्यालाई शिक्षाको निति भित्र ल्याई छिटो समाधान गर्नेे प्रतिबद्धता गरे ।

कार्यक्रमको सहजीकरण क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाई साहले गरेकी थिइन । यस्तै सोमबार पटेर्वा सेगौली गाँउपालिकामा मै किशोरी समुहका सदसयहरुको लागि संचालित ३ दिने नेतृत्व विकास सम्बन्धि तालिमको सम्पन्न भएको क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...