Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा सप्ताह सुरु

spot_img
spot_img

पर्सा : सवारी दुर्घट्ना न्युनीकरण सम्बन्धी सडक सुरक्षा सप्ताह सोमबारदेखि वीरगंजमा सुरु भएको छ । सवारी साधनको पछाडीको भागमा रातमा टल्कीने (रिफ्लेक्टीभ) स्टीकर टाँसेर अभियानको औपचारीक सुरुवात गरिएको हो ।

ट्राफिक सचेतनाले मात्रै दुर्घटना न्यूनिकरण हुने भएकाले सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो । अभियानको दोस्रो दिन मंगलबारबाट भने सवारी साधनमा हुस्सु लाग्दा आवश्यक पर्ने फग लाईटक र सवारीको यान्त्रीक अवस्था चेक गर्नुका साथै सवारी साधनको लाईसेन्स ब्लुबुक जाँच गर्ने कामलाई तिब्रता दिने उहाँले बताउनुभयो ।

यस्तै चारचक्के सवारी साधनको क्याबीन तथा वालहरुमा अनावश्यक रुपमा राखिएका लाईट, विभिन्न खाले उत्तेजक पोस्टर तथा फुलमाला पनि हटाउने सिंहले जानकारी दिनुभयो ।

यस्तै सवारी साधनको प्रेसर हर्नमा रोक लगाउने, बजारका विभिन्न स्थानमा ट्राफिक चिन्ह राख्ने, सवारी साधनमा तोकिएको आरक्षण सिटको प्रयोगमा व्यापकता ल्याउनुका साथै क्षमता भन्दा बढि यात्रु तथा मालसामान ओसार पसार गर्ने सवारीलाई कारवाहि गर्ने जस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

साथै महानगरपालिकासँगको समन्वयमा आवश्यक पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङमा राखिने सवारी साधनलाई व्यवस्थीत गरिने तथा सडक र फुटपाथका अतिक्रमण हटाउने र सफा राख्ने काम पनि गरिने सिंहले प्रष्ट पार्नु भयो ।

पहिलो चरणमा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम गर्ने र त्यसबाट पनि सडक दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा सुधार नभए ट्राफिक नियम अटेर गर्नेहलाई कारवाहिको प्रकृयामा लगिने ट्राफिक प्रमुख सिंहले चेतावनी दिनुभयो ।

यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले यही पुस १७ गतेदेखि वीरगंजमा सवारी हर्न निषेध गर्न लागिएको जानकारी दिनुभयो । जथाभावि बजाइने हर्नले ध्वनी प्रदुषण बढ्ने तर हर्न बजाउँदैमा दुर्घट्नामा कमी नआउने भएकोले हर्नलाई पुर्ण रुपमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रहरी उपरिक्षक किरण बज्राचार्य, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुले वीरगंजलाई व्यवस्थित बनाउन अभियानले सहयोग पुग्ने धारणा व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...