Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा सप्ताह सुरु

पर्सा : सवारी दुर्घट्ना न्युनीकरण सम्बन्धी सडक सुरक्षा सप्ताह सोमबारदेखि वीरगंजमा सुरु भएको छ । सवारी साधनको पछाडीको भागमा रातमा टल्कीने (रिफ्लेक्टीभ) स्टीकर टाँसेर अभियानको औपचारीक सुरुवात गरिएको हो ।

- Advertisement -

ट्राफिक सचेतनाले मात्रै दुर्घटना न्यूनिकरण हुने भएकाले सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो । अभियानको दोस्रो दिन मंगलबारबाट भने सवारी साधनमा हुस्सु लाग्दा आवश्यक पर्ने फग लाईटक र सवारीको यान्त्रीक अवस्था चेक गर्नुका साथै सवारी साधनको लाईसेन्स ब्लुबुक जाँच गर्ने कामलाई तिब्रता दिने उहाँले बताउनुभयो ।

यस्तै चारचक्के सवारी साधनको क्याबीन तथा वालहरुमा अनावश्यक रुपमा राखिएका लाईट, विभिन्न खाले उत्तेजक पोस्टर तथा फुलमाला पनि हटाउने सिंहले जानकारी दिनुभयो ।

यस्तै सवारी साधनको प्रेसर हर्नमा रोक लगाउने, बजारका विभिन्न स्थानमा ट्राफिक चिन्ह राख्ने, सवारी साधनमा तोकिएको आरक्षण सिटको प्रयोगमा व्यापकता ल्याउनुका साथै क्षमता भन्दा बढि यात्रु तथा मालसामान ओसार पसार गर्ने सवारीलाई कारवाहि गर्ने जस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

साथै महानगरपालिकासँगको समन्वयमा आवश्यक पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङमा राखिने सवारी साधनलाई व्यवस्थीत गरिने तथा सडक र फुटपाथका अतिक्रमण हटाउने र सफा राख्ने काम पनि गरिने सिंहले प्रष्ट पार्नु भयो ।

पहिलो चरणमा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम गर्ने र त्यसबाट पनि सडक दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा सुधार नभए ट्राफिक नियम अटेर गर्नेहलाई कारवाहिको प्रकृयामा लगिने ट्राफिक प्रमुख सिंहले चेतावनी दिनुभयो ।

यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले यही पुस १७ गतेदेखि वीरगंजमा सवारी हर्न निषेध गर्न लागिएको जानकारी दिनुभयो । जथाभावि बजाइने हर्नले ध्वनी प्रदुषण बढ्ने तर हर्न बजाउँदैमा दुर्घट्नामा कमी नआउने भएकोले हर्नलाई पुर्ण रुपमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रहरी उपरिक्षक किरण बज्राचार्य, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुले वीरगंजलाई व्यवस्थित बनाउन अभियानले सहयोग पुग्ने धारणा व्यक्त गरे ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...