Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

जन्म सिद्ध नागरिकता भएका नागरिकका सन्तानले बंशजको अधारमा नागरिकता प्राप्त गर्नै अधार बन्यो

काठमाडाैं, ३ पुस । जन्मसिद्ध नागरिकता भएका पिताबाट जन्मेकी छोरी स्वीटी चौरसिया अात्महत्या गर्ने अवस्थामा पुगेकी थिइन् । तर, उनले संघीय समाजवादी फोरमका युवा नेता तथा सांसद प्रदिप यादवलाई भेटेर अाफ्नो समस्याबारे बताएकी थिइन् । जब उनले यादवलार्इ यस्तो कुरा बताइन उनलार्इ सो अवस्थाबाट फर्काएका यादबले न्यायका लागि लड्ने हिम्मत र हाैसला प्रदान गरे ।

- Advertisement -

त्यसपछि अाफ्नो मात्र होर्इन, अाफू जस्ता अन्य अधिकारबाट वञ्चितका लागि पनि लड्ने संकल्पकासाथ सांसद प्रदिप यादवसँगै न्यायालयसम्म पुगेकी थिइन् । जुनबेला जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था थिएन र यो गम्भीर समस्याको रुपमा समाजमा रहेको थियो ।

र, स्वीटी जस्ता धेरै नागरिक नागरिकताबाट वञ्चित हुन बाध्य रहेका थिए । जब सांसद यादवले यो कुरा थाहा पाए उनले स्वीटी जस्था धेरै नागरिकको अधिकारका लागि लढ्ने अठोट गरेर प्रकिया अघि बढाएका थिए । यस क्रममा यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । यावदकासाथ स्वीटी चाैरासियाले पनि रिट निवेदन दर्ता गराएकी थिइन् ।

जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले जेठ ४ गते सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका थिए । नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भईरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै अाएका थिए । सांसदमा निर्वाचित हुनुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारीलार्इ ज्ञापन पत्रसमेत बुझाएका यादवको मागको सुनुवायी अन्तत मंगलबार अर्थात् २०७५ साल पुस ३ गते सर्वोच्च अदालतमा भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश सारदा प्रसाद घिमिरेको संयुक्त इजलासले परमादेश समेतको आदेश जारी गरेको गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने आधार बनाएको छ ।

पटक–पटक राज्यको न्यायीक ढोका ढक्ढकाएर भएपनि अन्ततः जनताको माग सक्बोधन हुनुलार्इ यादवले खुशीको पल भएको बताएका छन् । राज्यद्वारा खोसिएको जनताको अधिकार पुनः प्राप्ति भएसँगै यादवले फेसबुक तथा ट्वीटरमार्फत स्वीटी चाैरासिया जस्तै पीडित तथा अधिकारबाट वञ्चित रहेका सम्पुर्णलार्इ बधार्इ एवम् यो यो मुद्दामा बहस पैरवी गर्ने अधिवक्ता दिपेन्द्र झा र रक्षाराम हरिजनलाई धन्यवाद दिएका छन् ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...