Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्साको जगरनाथपुरमा प्रहरी र तस्कर विच झडप, ४ जना प्रहरी घाइते

spot_img
spot_img

पर्सा,  ३ पुस  । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ ।

झडपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित चारजना प्रहरी घाइते भएका छन् ।  तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इन्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठीका असई जय किशुन महतो घाइते भएका छन् ।

झडपमा गम्भिर घाइते भएका प्रहरीको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल पानीटंकी र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको  छ ।
झडपमा समान्य घाइते भएका प्रहरी सहायक निरीक्षक जय किशुन महतो स्थानीय स्वास्थ्य चौकी मै उपचार गराई फर्किएका छन् । टाउको फुटेर रगत जमेकाले प्रहरी जवान चौधरीको अवस्था सिकिस्त रहेको चिकित्सकले जनाएका छन् ।

मंगलबार बिहान करिब ३ बजेको समयमा मोटरसाइकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगन्जतर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए ।

घटना लगत्तै जिल्ला प्रहरीका कार्यालय पर्साका प्रहरी उपरीक्षक  ढकाल र प्रहरी नायब उपरीक्षक मानबहादुर राई घटनास्थल पुगेका थिए ।  खोजतलास गर्दा खोसिएको हतियार घटनास्थल नजिकै खेतमा फेला पारेको प्रहरी उपरीक्षक ढकालले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...