Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कर्मचारी समायोजनको बिरोधमा पर्साका स्थानिय तहका कर्मचारीहरु पनि आन्दोलित

spot_img
spot_img

वीरगंज, २ पुस ।
कर्मचारी समायोजनको बिरोधमा पर्साका स्थानिय तहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको पुर्व घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार पर्साका स्थानिय तहका कर्मचारीहरु पनि धर्ना बसेका छन । पर्साका वीरगंज महानगर कार्यपालिका कार्यालय, पोखरिया नगर कार्यपालिका कार्यालय, विन्दवासिनी गाउँ कार्यपालिका कार्यालय लगायतका स्थानिय तहका कर्मचारीहरु आ आफ्नो स्थानिय तह अगाडी २ घण्टा धर्ना बसेका छन ।

कार्यालयको कामकाज थप पार्ने गरी कर्मचारीहरु कार्यालयको मुल गेटमा कार्यालय समय विहान १० बजे देखी १२ बजे सम्म धर्ना बसेका थिए । पोखरिया नगरपालिका ट्रेड युनियनका अध्यक्ष राजेशवर प्रसाद कुर्मीको अगुवाईमा पोखरिया नगर कार्यपालिका कार्यालय अगाडी कर्मचारीहरु धर्ना बसेका थिए । सो धर्ना कार्यक्रममा धर्मराज थापा, संजय पाण्डे, बैधनाथ चौधरी लगायत स्थानिय तहका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

निजामती कर्मचारी सरह ग्रेड थप गर्नु पर्ने, तह बढुवा हुनु पर्ने, कर्मचारी समायोजन गर्दा रोजेको स्थानिय तह पाउनु पर्ने लगायतका मांग राख्दै स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । यस्तै मंगलबार पनि आन्दोलनको कार्यक्रम अन्तर्गत २ घण्टा पेन डाउनको कार्यक्रम रहेको अध्यक्ष कुर्मीले जानकारी गराए ।

यता बिन्दवासिनी गाउँ कार्यपालिका कार्यालय अगाडी पनि कर्मचारीहरु धर्ना बसेका थिए । कार्यालयको मुल गेटमा तालाबन्दी गरी कर्मचारीहरु १० बजे देखी १२ बजे सम्म धर्ना बसेको कर्मचारी रमेन्द्रनाथ तिवारीले जानकारी दिए । कर्मचारी समायोजनको विरोधमा स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको पूर्व घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत धर्ना बसिएको तिवारीले वताए ।

यस्तै वीरगंज महानगरपालिका लगायत अन्य स्थानिय तह अगाडी पनि कर्मचारीहरु धर्ना बसेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...