Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

इस्लामी संघद्वारा दाइजो विरुद्धको जागरण अभियान (भिडियो सहित)

spot_img
spot_img

वीरगंज, १ पुस ।
छोरीलाई दाइजो होइन, पैतृक सम्पतीमा अंश देऊँ । हे आस्थवानहरु हो ! एक अर्काको धनसम्पति अनुचित ढङ्गले नखाउ नाराको साथ देश व्यापी रुपमा १० दिने दाइजो विरुद्ध अभियान सरु भएको छ । इस्लामी संघ नेपाल प्रदेश नं. २ को आयोजनामा वीरगंजबाट अभियान सुरु भएको हो । अभियान अन्तर्गत आइतबार वीरगंजको घण्टाघरमा विभिन्न नारा लेखिएको प्ले कार्ड सहितको जागरण कार्यक्रम गरिएको छ ।

इस्लामी संघ प्रदेश नं. २ का अध्यक्ष मुजतुबा अंसारी, पर्सा अध्यक्ष जमिल अखतर, बारा अध्यक्ष जिक्रुमलाह अंसारी लगायतको नेतृत्वमा अभियान संचालन गरिएको हो । अभियान १० दिन सम्म चल्ने र ग्रामिण भेगको गाउँहरुमा समेत जागरण अभियान चलाइने प्रदेश अध्यक्ष अंसारीले जानकारी गराए । मुस्लिम समुदाय पनि दाइजोबाट अछुतो नरहेकोले जागरण अभियान चलाइएको आयोजकले जनाएको छ ।

मुस्लिमहरुको इस्लाम धर्ममा दाइजो लिनु हुन दाइजो हराम हो भनिएकोले पनि दाइजो विरुद्धको अभियान नै चलाइएको आयोजकको भनाई छ । अभियानमा अन्तर्गत वीरगंजको घण्टाघरमा भएको जागरण कार्यक्रममा आइडल एकेडेमी बहुअरीका बालबालिकाहरु सहभागि थिए भने बालिकाहरु बुरका लगाएर नै सहभागि भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...