Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरको खेस्राहामा बन्ने प्रहरी चौकी भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज, १ पुस ।
पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नम्बर ४, खेस्राहामा ३ कोठे प्रहरी चौकीको भवन निर्माण हुने भएको छ । निर्माण हुने पक्की भवनको आइतबार एक कार्यक्रमका बिच पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक ढकालले यस आर्थिक बर्षमा कम्तीमा एक तले भवन निमार्ण गर्न हामी सबैको जिम्मेवारी अपरिहार्य रहेको बताउनु भयो ।

प्रदेश सरकार र बिरगंजका उधोगी ब्यापारी र आमजनता संग चन्दा संकल्न गरी कम्तीमा दुई तल्ले भवन निमार्ण गर्नु पर्ने ढकाले बताउनु भयो । सुरक्षाकर्मीहरुको लागी निमार्ण हुने भवन हामी सबैको भवन भएकोले हामी सबै मिली निमार्ण गर्न पर्ने ढकालको भनाई थियो । भवन निर्माण गर्न कम्तीमा ६७ लाखको लागत लाग्ने ढकालले वताउनु भयो ।

गाउँपालिका अध्यक्ष बिजय चौरसियाले यस आर्थिक बर्षमा ३ कोठे र अर्काे आर्थिक बर्ष गरी २ बर्षमा ३ तल्ले भवन निमार्ण गर्ने प्रतिबद्धता गर्नु भयो । अध्यक्ष चौरसियाका अनुसार यस बर्षमा गाउँपालिकाबाट १३ लाख रकम छुटयाउने प्रतिबद्धताका साथ सबै संग मिली भवन निमार्ण कार्य गरिने छ । अध्यक्ष चौरसियाले म अब कुनै पार्टीमा नरहेको र सबै पार्टी रहेको बताउनु भयो । विकासका लागी आफु सबै पार्टी रहेको अध्यक्ष चौरसियाको भनाई थियो ।

शिलान्यास समारोहमा वडा नम्बर ४, लहावरथकरीका वडा अध्यक्ष ढेडी यादव, वडा नम्बर ५, सबैठवाकाका वडा अध्यक्ष लेकमन पटेल, वडा नम्बर १ धोरेका वडा अध्यक्ष अम्बिका सहनी, पत्रकार छठु साह र भवन निमार्ण उपभोग्ता समितीका अध्यक्ष बिन्दु भुषण साह लगायतकाले मन्तब्य राखेका थिए भन्ने कार्यक्रमको संचालन सोही वडाका वडा सदस्य अनिल साहले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...