Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

दोस्रो बिशाल गोल्ड कप फुटबल प्रतियोगिता पुस २८ गते देखी हुने

spot_img
spot_img

वीरगंज, २९ मंसिर ।
टुबोर्ग दोस्रो बिशाल गोल्ड कप फुटबल प्रतियोगिता वीरगंजमा हुने भएको छ । वीरगंजको नारायणी रंगशालामा पुस २८ गते देखी माघ ५ गते सम्म प्रतियोगिता संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । बिशाल मेमोरियल फाउन्डेसनको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका ५ टिम र भारतका चर्चित क्लबका २ टिम गरी जम्मा ८ वटा टिमको सहभागिता रहने छ ।

नेपाल पत्रकार महासंघ, पर्साको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रतियोगिता फिफा रुल्स अनुसारको खेलाइने बिशाल मेमोरियल फाउन्डेसनका अध्यक्ष अनिल कुमार कलवारले वताए । प्रतियोगिता स्थल नारायणी रंगशालाको फिल्ड मर्मत कार्य जारी रहेको अध्यक्ष कलवारले जानकारी गराए ।

प्रतियोगिता संचालनको कुल लागत रु ५१ लाख ९८ हजार ३ सय ३२ रहेको उनले जानकारी गराए । २०७४ सालमा प्रतियोगिता संचालन गरे अनरुप नै यस पालिपनि रंगशालाको पुर्व र पश्चिम पैराफिट संचालनमा रहने जनाइएको छ । रंगशालाको उत्तर र दक्षिण पैराफिटको बस्ने अवस्था नरहेकोले पूर्व र पश्चिममा पैराफिट प्रयोग गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरस्कार रासी विजेताको रु ५ लाख ५५ हजार ५ सय ५५ र उप विजेताको रु २ लाख ७७ हजार ७ सय ७७ रहेको छ । यसका साथै प्रदेश नं. २ को राष्ट्रिय रंगशाला जनकपुरमा निर्माण गर्ने निर्णय भइरहदा वीरगंज स्थित नारायणी रंगशाला २५ हजार दर्शक बस्ने सक्ने रहेको र यसलाई प्रदेश २ कै अन्तराष्ट्रिय रंगशाला बनाउन सबै भौतिक समरचना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने हाम्रो उद्देश्य खेलकुदको सहर वीरगंजलाई चिनाउनु रहेको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...