Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

जय गणेश बचत तथा ऋण सहकारी संस्थाकाे ९ औं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगन्ज, २८ मंसिर ।
जय गणेश बचत तथा ऋण सहकारी संस्था लि.बीरगंजले शुुक्रबार  आफ्नो ९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  होटल कुमु पैलेस वीरगंंजको सभा कक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बीरगंज महा नगरपालिकाका सहकारी डिभिजन प्रमुख राम दयालले दिप प्रज्वलित गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो संस्थाका प्रबन्धक राम बावु चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थाले गत वर्षको तुलना यस वर्ष प्वाईनट १९ प्रतिसत ग्रोथ गरेको बताए । गत आ.ब. २०७३/०७४ मा रु. २५३५२३।-आम्दानि गर्न सफल भएको यस संस्थाले यस वर्ष आ.ब. २०७४/०७५ मा रु.२५३०२९ आम्दानी गर्न सफल भएको बताए । उनले आउँदा दिनमा संस्थाको आर्थिक अवस्था अझ सबल हुने बिश्वस ब्यक्त गरेका थिए ।

संस्थाकि अध्यक्ष ममता गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा बिशिष्ठ अतिथि एभरग्रिन नर्सिङ ईन्सिच्युटका डाईरेक्टर रामचन्द्र सिंह, गिता मन्दिर संचालक समितिका अध्यक्ष मदन गुप्ता, नेपाल पत्रकार महा संघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला बचत संघका अध्यक्ष राजेश पंडित, वडा नं. ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको उपस्थिति रहेको थियो ।

त्यसैगरी ठाराब क्याम्पसका प्रमुख विनोद साहा, कोहिनुर बचत तथा ऋण सहबारी संस्थाका अकबर अलि, सुरजि मा.वि. का प्रअ अनिल वर्णवाल, आचार्य एकडेमीका पम्फा गिरी, डा.अशोक दास, घर आगन बचत तथा ऋण सहकारी संस्थाका प्रभाकर गुप्ता, संचारकर्मि युवराज खडका, महेश चन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।

स्वागत मन्तब्य संस्थाका प्रबन्धक रामबावु चौधरीले गरेको सो कार्यक्रमा संस्थाका सल्लाहकार शम्भु गुप्ताले प्रमुख अतिथि लगायत बिशिष्ठ अतिथि, अतिथिहरुलाई दोसल्ला ओढाई,अच्छेता टीका लगाई स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...