Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

जय गणेश बचत तथा ऋण सहकारी संस्थाकाे ९ औं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगन्ज, २८ मंसिर ।
जय गणेश बचत तथा ऋण सहकारी संस्था लि.बीरगंजले शुुक्रबार  आफ्नो ९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  होटल कुमु पैलेस वीरगंंजको सभा कक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बीरगंज महा नगरपालिकाका सहकारी डिभिजन प्रमुख राम दयालले दिप प्रज्वलित गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो संस्थाका प्रबन्धक राम बावु चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थाले गत वर्षको तुलना यस वर्ष प्वाईनट १९ प्रतिसत ग्रोथ गरेको बताए । गत आ.ब. २०७३/०७४ मा रु. २५३५२३।-आम्दानि गर्न सफल भएको यस संस्थाले यस वर्ष आ.ब. २०७४/०७५ मा रु.२५३०२९ आम्दानी गर्न सफल भएको बताए । उनले आउँदा दिनमा संस्थाको आर्थिक अवस्था अझ सबल हुने बिश्वस ब्यक्त गरेका थिए ।

संस्थाकि अध्यक्ष ममता गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा बिशिष्ठ अतिथि एभरग्रिन नर्सिङ ईन्सिच्युटका डाईरेक्टर रामचन्द्र सिंह, गिता मन्दिर संचालक समितिका अध्यक्ष मदन गुप्ता, नेपाल पत्रकार महा संघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला बचत संघका अध्यक्ष राजेश पंडित, वडा नं. ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको उपस्थिति रहेको थियो ।

त्यसैगरी ठाराब क्याम्पसका प्रमुख विनोद साहा, कोहिनुर बचत तथा ऋण सहबारी संस्थाका अकबर अलि, सुरजि मा.वि. का प्रअ अनिल वर्णवाल, आचार्य एकडेमीका पम्फा गिरी, डा.अशोक दास, घर आगन बचत तथा ऋण सहकारी संस्थाका प्रभाकर गुप्ता, संचारकर्मि युवराज खडका, महेश चन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।

स्वागत मन्तब्य संस्थाका प्रबन्धक रामबावु चौधरीले गरेको सो कार्यक्रमा संस्थाका सल्लाहकार शम्भु गुप्ताले प्रमुख अतिथि लगायत बिशिष्ठ अतिथि, अतिथिहरुलाई दोसल्ला ओढाई,अच्छेता टीका लगाई स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...