Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

अख्तियारद्वारा पकहा मैनपुर गाउँपालिकामा स्थलगत छानवीन

spot_img
spot_img

पर्सा, २६ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पकहा मैनपुर गाउँपालिकामा स्थलगत छानविन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा गाउँ कार्यपालिकाबाट भएको निर्माण सम्बन्धि कामको अख्तियारको एक टोलिले स्थलगत छानविन गरेको हो ।

गाउँपालिकाको वडा नं. १ धोरे, २ सुर्जाहा, ४ लहावरथकरी र ५ सबैठवामा भएको विकासा निर्माणका योजनाहरुको अख्तियारले स्थलगत छानबिन गरेको हो । गाउँपालिकाबाट निर्माण सम्बन्धि योजनाहरुको फाईल झिकाई मंगलबार देखि नै अख्तियारको टोलिले स्थलगत निरीक्षण तथा छानविन थालेको बुझिएको छ ।

अख्तियारमा परेको उजरीको आधारमा अख्तियार अनुसन्धान र छानबिनको लागि गाउँपालिका पुगेको बताएको छ । यस विषयमा अख्तियारको टोलि संग बुझन चाहदा यो नियमित प्रक्रिया रहेको र अरु कुरा बताउन नमिल्ने वताएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका २ जना रहेको टोलिलाई गाउँपालिका अध्यक्ष विजय चौरसिया, प्रमुख प्रशासकिय अधिकृत छविरमण भट्टराई, इन्जिनियर विजय गुप्ता, ईश्वर यादव, वडा अध्यक्ष लेखमन पटेल लगायतकाले योजनाहरु देखाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...