पर्सा, २५ मंसिर ।

पर्साको धाेबिनी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा शिक्षा तर्फ १ करोड ५४ लाखको बजेट बिनियोजन गरेको छ । नेपाल सरकारको ससर्त अनुदानका बजेट बाहेक गाउँपालिकाको बजेटले मात्रै बिभिन्न किसिम्मका स्थानिय स्तरमा जनताले चाहेका कुराहरुलाई योजनामा ल्याई जनतामुखी काम गर्न शुरु गर्न लागेको धोविनी गाउँपालिकाका शिक्षा समन्वय ईकाईका स्रोत ब्यक्ति छोटेलाल साहले बताए ।
धोबिनी गाउँपालिकाको कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडी र श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय भिखमपुरलाई १०+२ बनाउने भएको छ । दुबै विद्यालयमा कक्षा ११ र १२ संचालनका लागी अनुमती प्रदान गरी ८ वटा कोठा सहित ६४ लाख रकम बिनियोजन गरेको छ ।
शिक्षाको स्तर माथी उठाउनका लागी दुईटै उच्च माबिमा १ शिक्षक बराबर ५ लाख गरी १० लाख रकम र २ वटा बिधालयमा निजी स्रोतका शिक्षकहरुलाई ४ लाख रकम पनि छुटयाईएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताए । यसै गरी श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय हरिहरपुर गुलरिया र श्री नेपाल राष्ट्रिय पा्रथमिक बिधालय आसवारी प्रसोतीपुरमा कम्पाउन्ड वाल लगाउने बजेट बिनियोजन गरिएको छ भने श्री मदरसा ईस्लामिया दारुलहक कुरान धोबिनीलाई मरम्मतका लागी ५ लाख रकम बिनियोज गरिएको छ ।
त्यसै गरी सो गाउँपालिकामा रहेको १७ वटा बिधालयका लागी एलईडी, कक्षा ९ का छात्राहरुलाई साईकल बितरण, प्रत्येक बिधालयमा बिधुतीय लाईन जडान, ५ वटा बिधालयमा बिधुतीय हाजिरीको ब्यवस्थापन, प्राथमिक बिधालयहरुमा बैग बितरण गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै १७ वटा बिधालयमा मादल बितरण, १ सय थान डेक्स बेन्च, ५० थान हवाईट बोर्ड, १७ वटा बिधालयमा सानो रेडियो र माईकको ब्यवस्थापन, बालविकासका शिक्षिका र बिधालय कर्मचारीहरुलाई ५ हजारको दरले पोशाक बितरण, बिधालयका सम्पुर्ण कर्मचारीलाई थप १५ सय प्रोत्साहन स्वरुप छुटयाइएकोले शिक्षाको स्तर उन्नती हुने बिश्वासका लिईएको अध्यक्ष कुर्मीले वताए ।