Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सशस्त्र प्रहरी बल गुल्मद्वारा लागु औषध सहित युवक पक्राउ

spot_img
spot_img

वीरगंज, २४ मंसिर ।

सशस्त्र प्रहरी बल गुल्मले सोमबार लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ७ निवासी सिकेन्द्र सहनीको छोरा बर्ष १९ का साहेब सहनी रहेका छन ।

वीरगंज १६, भन्सार मुलगेटमा खटिएको डिउटी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ झोला भित्र लुकाई छिपाई ल्याउदै गरेका लागू औषध इन्जेक्सन सहित सहनीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल गुल्मले जनाएको छ ।

निजको साथबाट लागू औषध डाईजोल्याव १०० गोटा, नोफिन १०० गोटा र फेनारगन १०० गोटा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...