Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध नाईट्रोभेट र चरेश सहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज, २० मंसिर ।
लागु औषध नियन्त्रण व्युरो र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध नाईट्रोभेट ३०० पिस सहित १ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं.१६, रजतजयन्ती चोक स्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल हिडी आउदै गरेको धादिङ, गल्छी गा.पा. वडा नं.(२ बस्ने सुर्य बहादुर सार्कीको छोरा वर्ष २४ को रामजी बयलकोटीलाई पक्राउ गरेको हो ।

निजको साथबाट ला.औ. नाईट्रोभेट ट्याबलेट ३०० पिस फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाढी बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै लागु औषध चरेश १ किलो ५०० ग्राम सहित १ जना पक्राउ परेका छन । सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं.१६ स्थित भंसार मुलगेटबाट भारत बिहार जिल्ला पटना कंकरबाग थाना मिहापुर बस्ने स्व. श्याम प्रसाद कुर्मीको छोरा वर्ष ६० को बिपिन कुमार कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट भारतको रक्सौल तर्फ साईकलमा जादै गरको कुर्मीको शरिर खानतलसी लिंदा निजको शरिरको कम्मर तथा पेटको भागमा कपडामा पोका पारी लुकाई छिपाई राखिएको अवस्थामा नियन्त्रित लागु औषध चरेश १ किलो ५०० ग्राम फेला पारेकोले निजलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...