Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

नेपालको मुख्य प्रबेश शंकराचार्यद्वारको सौन्दर्यीकरण समुद्घाटन

spot_img
spot_img

वीरगंज, १८ मंसिर ।
नेपालको मुख्य प्रबेशद्वारको रुपमा रहेको वीरगंज शंकराचार्यद्वारको सौन्दर्यीकरण मंगलबार समुद्घाटन भएको छ । वीरगंज महानगरपालिका र समर्पण संस्थाको सहकार्यमा भएको सौन्दर्यीकरणको एक कार्यक्रमका विच महानगरपालिकाका मेयर विजय सरावगीले समुद्घाटन गर्नु भयो ।

वीरगंज महानरपालिकाले शंकराचार्यद्वारमा आयोजना गरेको कार्यक्रममा मेयर सरावगीले रिबन काटेर सौन्दर्यीकरणको उदघाटन गर्नु भएको । शंकराचार्यद्वारामा मेयर सरावगी र कार्यक्रमका अतिथीहरुले संयुक्त रुपमा झण्डोत्तलन समेत गरेका थिए । ६ महिनामा शंकराचार्यद्वारको सौन्दर्यीकरण गरी डम्पिङ्ग साइटबाट सेल्फी साइट बनाउ सफल भएको महानगर कार्यपालिका कार्यालय, वीरगंजका प्रमुख प्रशासकिय अधिकृत भिष्म क्ुमार भूसालले वताउनु भयो ।

मेयर सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर शान्ति कार्की, वीरगंज उधोगवाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्मा, नेकपाका नेता प्रभु हजरा, जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अंसारी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजार, मेयर सरावगीका राजनितिक सलाहकार मुकेश दुवेदी, महेश अग्रवाल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...