Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

भ्यानको ठक्करबाट एक मोटरसाईकल चालकको घटना स्थल मै ज्यान गयो

spot_img
spot_img

पर्सा, १८ मंसिर ।

पर्साको पोखरीया नगरपालिका वडा ९ बैरियामा पिकअप म्याजिक भ्यानको ठक्करबाट एक मोटरसाईकल चालकको घटना स्थल मै ज्यान गएको छ । पर्साको बैरियाबाट गर्दौल तर्फ जाँदै गरेको न १ त ८०२४ नम्बरको पिकअप भ्यानले ना. १२ प. ५३९७ न. को मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका युवक पर्सा पोखरिया नगरपालिका वडा नं.९ बैरिया निवासी अंदाजी २५ बर्षिय रामपुकार विन रहेका छन् । पिकअप भ्यानका चालकको लापरवाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयवासीले कार्यवाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

ठक्कर दिने भयान चालक फरार भइसकेका छन भने घटना स्थलमा अहिले पनि तनाव रहेको स्थानिय महबुब आलमले बताउनु भयो । मृतक केही दिन पहिले बैदेशिक रोजगगारबाट आएका  थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...