Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध इन्जेक्सन सहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज, १३ मंसिर ।
पर्सा प्रहरीले लागु औषध इन्जेक्सन सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्सा र प्रहरी चौकी ईनर्वा, पर्साबाट खटेको प्रहरी टोलीले रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ निवासी अनौठो चौधरीको छोरा बर्ष २१ को कैलाश चौधरीलाई पक्राउ गरेको हो ।

वीरगंज १६, रजतजयन्ति चौक स्थित सडकबाट बुधबार राती ९ः४५ बजेको करिबमा भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको चौधरीलाई लागु औषध इन्जेक्सन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

चेकजांचको क्रममा पक्राउ परेको चौधरीको साथबाट लागु औषध ईन्जेक्सन नुर्फिन २० पिस, डाइजेपाम २० पिस र फेनारगान २० पिस गरी जम्मा ६० पिस फेला परेको प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...