Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम सम्पन्न

वीरगंज,९ मंसिर  पर्साको सखुवा प्रसौनी गाँउपालिकामा सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । सखुवा प्रसौनी गाँउपालिकाको आयोजना तथा जिल्ला कृषि सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -

अन्तरक्रिया कार्यक्रममा गाँउपालिका भित्रका २६ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिए ।अन्तरक्रिया कार्यक्रममा सहकारी भित्र रहेका समस्याका समाधान गर्नेको लागी समिति बनाउने ,गाँउपालिका भित्रका समिति बनाउने, सहकारी कानुन बनाउने, कर्मचारीको लागी कार्यालयको व्यवस्थापन गर्ने ,सहकारी सम्बन्धि रिकोर्ड व्यवस्थापन लगायतको निर्णय भएको कृषि सहकारी संघ पर्साका अध्यक्ष साहले बताए ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदिप जैसवालको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठि, कृषि ज्ञान केन्द्र समसुल मियाँ, अजय कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...