Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

नेपाललाई मेडिकल हब बनाउन विभिन्न अस्पतालसंग टाइअप गर्ने डा.महतोको घोषणा

मेडिसिटीले वीरगंजको हेल्थ केयर संगै २८ वटा हस्पिटल संग टाइअप गर्दै, बिहार र युपीको विरामीलाई नेपाल तान्ने लक्ष्य
वीरगंज, ९ मंसिर ।
नेपालको निजी क्षेत्रको सबै भन्दा ठुलो अस्पताल नेपाल मेडिसिटीले निकट भविष्यमा मुलुकको २८ वटा राम्रा अस्पतालसंग टाइअप गरी उपचार तथा सेवा प्रभावकारी बनाउने रणनीतका साथ अग्रसर देखिएको छ । गैर अवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सञ्चालनमा रहेको अस्पतालले नेपाललाई मेडिकल हब बनाउन विभिन्न अस्पताल संग टाइअप गरेर अघि बढने बताइएको छ ।

- Advertisement -

यस बारे मेडिसिटी अस्पतालका सञ्चालक डा. महतो स्वयम वीरगंजको वीरगंज हेल्थ केयर हस्पिटल पुगेर घोषणा समेत गरेका छन् । हेल्थ केयर हस्पिटल भ्रमण अवलोकन गर्न आज वीरगंज पुगेका डा. महतोले भने वीरगंजका अस्पतालहरुलाई मात्र रेफरर अस्पताल नबनाऔं मिडिसिटीको सहयोग र टाइअपमा चिकीत्सकीय तथा प्राविधिक सहयोगले थप प्रभावकारी गुणस्तरीय सेवामा सुधार गरौं, आजको नेपालबा विदेश गइन्छ, उपचार गराउन, एक दिन यस्तो समय आउँछ , बिहार र उत्तर प्रदेशका विरामीलाई हामी तान्न सकौ ।

उनले वीरगंज मात्र हैन, अन्य ठाउँका अस्पतालबाट विरामी काठमाडौ ओसारेर नगद मोटरसाइकल, कारलगायत अस्पतालहरुले लिने गरेको कुरा सुन्दा दुख लाग्ने भएकोले देश भरी राम्रो उपचार सेवा प्रहाव गर्ने योजना उनको रहेको जानकारी गराएका थिए ।
पत्नी समता महतो संग वीरगंज पुगेका उनले चाडै नै हेल्थ केयर संगै विराटनगर, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, नेपालगंज लगायत २८ प्रमुख शहरका राम्रा नीजि अस्पताल संंग टाइअप गर्ने लक्ष्यका साथ नेपाल मिडिसिटी अस्पताल अघि बढेको बताए ।

वीरगंजको निजि अस्पताल मध्ये सबै भन्दा बढि १०० बेडको निजि अस्पताल वीरगंज हेल्थ केयर हो । अबुल हैस अन्सारी सञ्चालक रहेको हेल्थ केयर ७ वर्ष अघि गण्डक बहुअरीमा स्थापना भएको थियो भने छोटो समयमा आफनो सेवा प्रभावकारी बनाउँदै गएको छ । अस्पतालका सञ्चालक अबुल हैस अन्सारीले मेडिसिटी संगको कोपरेशन उपचार क्षेत्रको लागि राम्रो प्रयोग हुने बताए । मेडिसिटीले प्राविधिक सहयोग गर्ने भनेको छ, हामी पनि हेलिप्याड बनाउँदै छौ, आशा छ वीरगंजकै सुपर स्पेशलिटीको अस्पतालको रुपमा हेल्थ केयरलाई बनाउन मदत मिल्नेछ ,उनले भने । दुबै अस्पताल वीच टेलिमिडिसन टिटमेन्ट सर्भिस शुरु गर्ने पनि तयारी भएको उनले बताए ।

वीरगंजको गण्डकमै दुई महिना पछि शुरु लागेको हेलिप्याड सहितको १ अर्बको बयोधा समुहको बयोधा अस्पताल सञ्चालनमा आउन देखेर हुन सक्छ काठमाडौंको निजी क्षेत्रको सबै भन्दा ठुलो अस्पताल मेडिसिटीले वीरगजको निजि अस्पताल मध्ये सबै भन्दा ठुलो अस्पताल संग टाइअप गर्न लागेको अनुमान गरिएको छ । सोही अवसरमा डा. महतोले अस्पतालको डेढ सय विरामीलाई फलफुल वितरण गरेका थिए ।

अस्पताल अवलोकन पछि प्याब्सन एनले वीरगंजको नारायणी खेलकुद मैदानमा आज देखि आज देखि शुरु भएको टि २० नक आउट क्रिकेट प्रतियोगिताको उद्घाटन पनि गरेका छन् । यो प्रतियोगिताको नेपाल मेडिसिटी अस्पतालले नै प्रायोजक गरेको छ । साथै उनले पहिलेको प्रसौनीमा रहेको नेपाल ग्राम उद्योग (साबिक पतञ्जलि प्राली)को भ्रमण अवलोकन र व्यापारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...