Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वहुदरमाइ मेलाकाे मेयर साहद्वारा उदघाटन

spot_img
spot_img

पर्सा, ७ मंसिर ।

आज पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर २ पिपरामा लाग्ने ५ दिने मेलाको एक कार्यक्रमका बिच बहुदरमाई नगपालिकाका मेयर नितेन्द्र साहले उदघाटन गर्नु भएको छ । मेला समितीका अध्यक्ष जुगल प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख नितेन्द्र साहले रिबन काटी मेलाको उदघाटन गरी शुभारम्भ गर्नु भएको हो ।

शुक्रबार देखी बिधिवत रुपमा ५ दिन सम्म मेला लाग्ने र मेलामा कुश्ती प्रतियोगीता पनि हुने आयोजकले जनाएको छ । उदघाटन समारोहमा राजपा नेपालका महासचिव शिव पटेल,  नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, वडा अध्यक्ष जितेन्द्र पटेल लगायतकाको सहभागीता रहेको थियो ।

सयौं बर्ष देखी पिपरा गाउँका स्थानियहरुको सक्रियतामा प्रत्येक बर्षको कार्तिक पुर्णिमाका दिन देखी ५ दिन सम्म मेला लाग्दै आएको छ । यस बर्ष पनि बहुदरमाई नगरपालिकाले मेला स्थलमा धारा जडान, बाटो मरम्मत, बाटोमा पुल लगाउने काम, बिजुली जडान जस्ता काम गरेकोले मेला ब्यवस्थित र मर्यादित भएको स्थानिय रामबाबु पटेलले बताउनु भयो ।

बहुदरमाई कै नामबाट नगरपािलकाको नामाकरण भएकोले नगरपालिकाले पनि मेला लगाउने र धार्मिक स्थल जोगाउने काम गरेको वडा अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...