Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

६ कराेडकाे लागतमा निर्माण हुने नरसिंह मा.वि.को भवन नगर प्रमुखद्वारा शिलान्यस

spot_img
spot_img

वीरगन्ज, ६ मंसिर ।
वीरगन्जको  पिपरा स्थित रहेकाे नरसिंह माध्यमिक विद्यालयको  भवनको शिलान्यस अाज वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नु भएको छ । बिहिबार मध्यान एक कार्यक्रमबिच विद्यालय प्रागंनसगै रहको जग्गामा बैदिक विधि अनुसार पुजापाठ गर्दै  नगर प्रमुख सरावगीले भवनको शिलान्यास गर्नु भएको हो ।

३ कठा १० धुर जग्गामा निर्माण हुने नवनिर्मित  तिनतल्ला भवनमा ३० वटा अत्याधुनिक कोठाहरु निर्माण गरिने  योजना प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनु भयो । क्षेत्रीय अर्बन विकास परियोजना (आरयुडिपि) अन्तर्गत ६ करोडको लागतमा निर्माण हुने भवनको ठेक्का जेटिएसजे र कालिका निर्माण कम्पनिले ज्वान्टभेर्चर रुपमा लिएको छ ।

एशियन विकास बैंक,नेपाल सरकार र वीरगन्ज महानगरपालिकाको लगानिमा निर्माण भइरहेको यो भवन जिल्लाकै नमुना विद्यालयको रुपमा निर्माण हुने नगर प्रमुख सरावगीले बताउनु  भयो । उहाले विरगंज महानगरपालिकाको अथक पहल पछि निर्माण हुन गइरहेको बताउनु भयो ।

निर्माण हुन गइरहेको भवनमा कक्षाकोठा, पुस्कालय ,कम्पीयुटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्न सकिने  व्यवस्था गरिएको नगर प्रमुख सरावगीको राजनिती सल्लाहकार मुकेश दुबेदिले जानकारी दिनु भयो ।

विद्यालय भवन निर्माण भइसके पछि दशकौं देखि अधुरो रहेको सेकेन्ड इनरवाइपास सडकलाई पुर्णता दिन सहिने भएको र विद्यालयलाई व्यवस्थीत हुने भएकोले बताउदै यसबाट यसक्षेत्रमा राम्रो सन्देश गएको  नगरसिहं माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम नेपाली काँग्रेसका नेता रामनारायण कुर्मिले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...