Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

१० के.जी. चाँदी सहित भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज, ६ मंसिर ।
तस्करीको १० के.जी. चाँदी सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत, बिहार, पश्चिम चम्पारण, थाना चनपटिया, लखौरा टोल बस्ने नन्दु साह कानुको छोरा वर्ष ३० को गुलसन साह कानु रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वी.म.न.पा. वडा नं.२५, सिर्सिया खल्वाटोलामा चेकजाँच गर्ने क्रममा BR 22 AD 3520 नं. को मो.सा. मा वीरगंजबाट रक्सौल तर्फ जादै गरेको अवस्थामा कानुलाई पक्राउ गरेको हो ।

निजले मोटरसाईकलको एयरफिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा दुई पोका चाँदीका दाना ९ बुनिया० प्रति पोका ५ के.जि.को दरले १० किलोग्राम फेला परे पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज संग चाँदीको कागजात माग मर्दा पेश गर्न नसकेकोले उक्त मो.सा. तथा चाँदी बरामद गरी कानुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई थप कारवाहीको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाउने कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...