Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहको विदाई

पर्सा, ३ मंसिर । पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नथु साहको आज एक कार्यक्रमको बिच विदाई गरिएको छ । नगर कार्यपालिकाको कार्यालय पोखरियामा आयोजित कार्यक्रममा मेयर दिपनारायण रौनियार (मन्टु) ले अधिकृत साहलाई दोसल्ला ओढाई सम्मान गर्दै मायाको चिन्हो दिई विदाई गर्नु भएको थियाे ।

- Advertisement -

मेयर रौनियारले कार्यक्रमलाई सम्बोद्धन गर्दै साहले आफ्नो कार्यकालमा पोखरिया नगरपालिकाकाको लागि गर्नु भएको योगदानको प्रशंसा समेत गर्नु भयो । अधिकृत साहको भुमि ब्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार  सरुवा भएको  छ ।

पोखरिया नगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा वडा अध्यक्ष रामबाबु चौहान, सोनालाल साह गोढ, अजय साह कलवार, नन्दलाल कुर्मी, लक्ष्मण साह कानु, बंका गोढ, कर्मचारी युनियन पोखरियाका अध्यक्ष राजेशवर प्रसाद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा शिक्षा विभाग सानोठिमी भक्तपुरमा कार्यरत रामजी पौडेलको सरुवा भएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...