Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नेपालबाट भारत लगिरहेकाे भारी परिमाणमा एसएसबी द्वारा गांजा बरामद

spot_img
spot_img

राजन बानिया/पोखरिया, २४ कात्तिक ।

पर्साको सिमावर्ति भारतीय गाँउ इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले ईनार्वा देबीस्थानबाट गएराती एक क्वीन्टल ४५ किलो गाँजाबरामद गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौलि गाउँपालिकाको सोनबर्षाबाट २०–२५ जना को संख्यामा रहेको गांजा तस्करहरुको टोलीले टाउकोमा बोकि सेढवा, पर्सवा हुँदै पाण्डेपुर पिपरडारीको बिच बिसनपुर्वा भएर भारतको ईनर्वा र भंगहा थाना क्षेत्र तर्फ लैजादै गरेको अवस्थामा एसएसबीले गुप्त सुचनाको अधारमा गांजा बरामद गरेको हो ।

ईनार्वा एसएसबीका जवानहरुले गांजा तस्करहरुलाई पक्राउ गर्न लुकिछिपि बसेको र सोनवर्षा गाउँबाट गांजा लिएर तस्करको झुन्डले नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा एसएसबी जवानहरुलाई हेरी गांजा तस्करहरुले गांजाको पोका फालेर नेपालतर्फ भागेन सफल भएको एसएसबीका कमाण्डर शैलेस कुमारले वताए । एसएसबी जवानहरुले १८ वटा पोका करिब १४५ किलो ग्राम गांजा बरामद गरेेेको छ।

बरामद गरिएको गांजा ईनार्वा थानालाई बुझाएको एसएसबीका कमाण्डर शैलेस कुमारले जानकारी गराए । बरामद भएको गांजाको अन्तर्राष्ट्रिय मूल्य १ करोड ५० लाख बराबर  रहेकाे एसएसबीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...