Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

दिपावलीको अवसरमा छिपहरमाईमा कुश्ती प्रतीयोगीता सम्पन्न

लालबाबु बानिया/पोखरिया, २३ कात्तिक ।
पर्साको छिपहरमाई गाउँपालिकामा दिपावलीको अवसरमा विहिबार कुश्ती प्रतीयोगीता सम्पन्न भएको छ । पर्साको छिपहरमाई गापा वडा नम्बर ३ जयमंगलापुरमा  कुश्ती प्रतीयोगीता सम्पन्न भएको हो । प्रतीयोगीताको उद्घाटन गापा प्रमुख मनोज कुमार गुप्ताले गर्नुभएको थियो ।
प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले कुश्तीबाट बुद्धिको विकास हुनुका साथै शरीर पनि दुरुस्त रहने भएकोले मानिसको स्वस्थ जिवनका लागि पनि कुश्ती प्रतीयोगीताको महत्व रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा प्रत्येक वर्ष लाग्ने मेलामा आगामी वर्षदेखी गाउँपालिकाको तर्फबाट अनिवार्य रुपमा कुश्ती प्रतीयोगीताको आयोजना गराउने प्रतीबद्धता समेत जनाउनु भयो ।
प्रतीयोगीतामा नेपाल र भारतका महिला तथा पुरुष पहलवानहरुको सहभागीता रहेको थियो । प्रतीयोगीतामा बनारसकी खुशी यादवलाई खुश्बु गुप्ताले पराजीत गरेकी छन् । नेपालको मिर्जापुका लक्ष्मण पहवानले भारत बनारशका जगदीश पहलपानलाई पराजीता गरेका थिए ।
त्यसैगरी अयोध्याका सुमित दास बैरागीले गोरखपुरका जितेन्द्रू पहलवानलाई पराजीत गरेका थिए । त्यस्तै नेपालका रामाकान्त यादवले कुशी नगरका राजेश पहलवानलाई पराजीता गरेका थिए । नेपालका अवधेश पहलवानले जगदीश पहलवानलाई , विहारका जोगेन्द्र पहलवानले भारतका गुड्डु पहलवानलाई पराजीता गरेका थिए ।
ठोरी गाउपालिकाका प्रमुख पिएल श्रेष्ठले  अब ठोरी गाउँपालिकामा पनी कुशती प्रतियोगिता गराउने बताए । वडा अध्यक्ष महेन्द्र कलवार , मौजीलाल साह ,रामबालक गदी , राजवली यादव , नोपली काँग्रेसका नेत दिपेन्द्र सिँह ,ज्ञानबहादुर साह, लगायतको उपस्थिती रहेको थियो ।
प्रतीयोगीतामा विजेता पहलवानलहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो । यो मेला प्रतेक वर्ष को दिपावलीको भोलि पल्ट लागने गरेकोले सोही अवसर मा अासिस मिश्राको जन्म दिनको खुशीमा कुशती प्रतियोगिता भएको थियो ।

 

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...